News Portal

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

६३ पटक

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा आज जिल्ला पार्टी कार्यालयमा सम्पन्न भएको छ। बैठकले संगठन विस्तारदेखि आर्थिक व्यवस्थापनसम्मका विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको जनाएको छ।

बैठकले जिल्लाभित्रका सबै पालिका तथा वडास्तरमा पार्टी संगठन विस्तार गर्ने तथा नयाँ सदस्यता अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। साथै, जनसभा, भेला, प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्ने योजना अघि सारिएको छ।

पार्टीको आर्थिक व्यवस्थापनलाई पारदर्शी र व्यवस्थित बनाउन बैंक खाता सञ्चालन सुदृढ गर्ने, आय–व्यय स्पष्ट राख्ने र नियमित आर्थिक प्रतिवेदन पेश गर्ने निर्णयसमेत गरिएको छ। जनतासँग प्रत्यक्ष सम्पर्क बढाउन घरदैलो अभियान, भेटघाट तथा छलफल कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि सहमति भएको छ।

बैठकले पार्टीभित्र अनुशासन कायम राख्न सबै पदाधिकारी तथा सदस्यहरूले नीति–नियमको कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिएको छ। संगठनलाई अझ सुदृढ र प्रभावकारी बनाउन दीर्घकालीन योजना निर्माण गर्ने निर्णयसमेत गरिएको छ।

यसैबीच, बैठकले रजिना एस. मगरलाई नगर सचिवको जिम्मेवारी प्रदान गर्ने तथा राहुल मगरलाई जिल्ला सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ। नवनियुक्त पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

बैठकमा उठेका अन्य विषयहरूमा आवश्यक छलफल गरी कार्यान्वयन गर्ने निर्णयसमेत गरिएको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...

आज २०८२ साल चैत २२ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...