News Portal

सुनसरी-१ मा हर्क साम्पाङ विजयी

५६ पटक

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१ बाट विजयी भएका छन् । उनले ८ हजार ४९२ मतान्तरले जित हासिल गरेका हुन् ।

अन्तिम मतपरिणामअनुसार साम्पाङले ३५ हजार ७४१ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङले २७ हजार २४९ मत पाएकी छन्। साम्पाङ धरान उपमहानगरको मेयरबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यको उम्मेदवारीमा उत्रिएका थिए ।

सुनसरी–१ मा नेकपा (एमाले)का उम्मेदवार टिका मांगलेनले ६ हजार ३३१ मत प्राप्त गरे भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्य भट्टराईले ६ हजार २५८ मत पाएका छन् ।

साम्पाङले जेन्जी आन्दोलनपछि आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टी दर्ता गराएका थिए। दर्ता भएको केही महिनामै पार्टीले प्रत्यक्षतर्फ दुई सिट जितेको छ। सो पार्टीका महासचिव आरेन राई खोटाङबाट विजयी भएका छन्।

साम्पाङ जेन्जी आन्दोलनपछि प्रधानमन्त्री बन्न काठमाडौं पुगेका थिए। प्रधानमन्त्री बन्न नपाएपछि पार्टी दर्ता गरी चुनावी अभियानमा होमिएका उनी २०७९ को निर्वाचनमा धरानमा स्वतन्त्र उम्मेदवार बनेका थिए।

धरानमा देखिएको खानेपानीको समस्यालाई प्रमुख एजेन्डा बनाउँदै उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिँदै जित हासिल गरेका थिए।

00000

प्रतिकृया दिनुहोस्

सुनसरी-१ मा हर्क साम्पाङ विजयी

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१ बाट विजयी भएका छन् । उनले...

मध्यपूर्वमा ड्रोन र क्षेप्यास्त्र आक्रमण, कुवेत–साउदी–बहराइनमा क्षति

कुवेत सिटी, फागुन २४ – इरान, इजरायल र अमेरिकाबीच बढ्दो तनावबीच आइतबार पर्सियन खाडीका देशहरूमा...

ललितपुर–२ मा रास्वपाका जगदिश खरेल निर्वाचित

ललितपुर, २४ फागुन – ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार...

गगन थापाले अमरेश सिंहलाई दिए बधाई, मतदाताप्रति कृतज्ञता व्यक्त

काठमाडौं, फागुन २४ — गगन कुमार थापा ले अमरेशकुमार सिंह लाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई...

सुशीला कार्कीको दृढ नेतृत्वप्रति सम्मान

काठमाडौँ, फागुन २४ — अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर नेपालको न्यायिक र राजनीतिक इतिहासमा विशिष्ट...