News Portal

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

२१५ पटक

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिनको तुलनामा दुवै बहुमूल्य धातुको भाउ घट्दा बजारमा उपभोक्तालाई केही राहत पुगेको छ।

आज छापावाल सुन प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन बिहीबारको तुलनामा झण्डै २० हजार रुपैयाँले कम हो। बिहीबार यही सुन तीन लाख ३९ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

त्यसैगरी चाँदीको मूल्य पनि घटेर प्रतितोला सात हजार ६५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी सात हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो।

पछिल्ला केही दिनदेखि सुनचाँदीको मूल्यमा उतारचढाव देखिँदै आएको छ। बुधबार र मङ्गलबार पनि मूल्य फरक–फरक दरमा कारोबार भएको महासङ्घले जनाएको छ।

अन्तरराष्ट्रिय बजारमा समेत सुन र चाँदीको मूल्यमा परिवर्तन भइरहेकाले त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन्।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...