News Portal

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

२५६ पटक

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ। उनीहरूले माघ १० गते पोखरा–२९ घोतघोतेस्थित पसल अगाडि पार्किङ गरिएको पल्सर मोटरसाइकल चोरी गरेका थिए।

मोटरसाइकल हराएको सूचना पाउने बित्तिकै इलाका प्रहरी कार्यालय शिशुवाले अनुसन्धान सुरु गरेको थियो। घटनास्थल वरपरका सीसीटीभी फुटेजको अध्ययन गर्दा बालकहरूको चोरीमा संलग्नता पत्ता लागेको थियो।

कास्की प्रहरीले खोजतलासका क्रममा तनहुँको आँबुखैरेनी प्रहरी कार्यालयसँग समन्वय गरी सोमबार बिहान ४ बजे पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी–२ गणेश टोलबाट उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेका बालकहरूलाई चोरीको मुद्दामा अनुसन्धानका लागि कास्की जिल्ला अदालतले पाँच दिन म्याद थप गरेको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...