News Portal

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

२८० पटक

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९ कार्यान्वयनमा रहेको छ। उक्त कार्यविधिमा राष्ट्रिय झण्डाको आकार, प्रयोग गर्ने तरिका, फहराउने विधि तथा निषेध गरिएका कार्यहरू स्पष्ट रूपमा उल्लेख गरिएका छन्। साथै, प्रमुख जिल्ला अधिकारीलाई आफ्नो क्षेत्रभित्र राष्ट्रिय झण्डाको प्रयोग कानुनबमोजिम भए–नभएको विषयमा नियमित अनुगमन गर्ने जिम्मेवारी तोकिएको छ।
कार्यविधिअनुसार राष्ट्रिय झण्डाको अपमान हुने कुनै पनि कार्य गर्न वा गराउन निषेध गरिएको छ। झण्डा उल्टो राख्ने (चन्द्रमा तल पर्ने गरी), च्यात्ने, जलाउने, पोको पार्ने, व्यापारिक प्रयोजन वा विज्ञापनका लागि प्रयोग गर्ने, शरीरको कम्मरभन्दा तलको भागमा झण्डाको प्रतीक राख्ने, छातीभन्दा तल लगाइने कपडामा झण्डाको चित्र प्रयोग गर्ने जस्ता कार्यहरू कानुनविपरीत मानिन्छन्।
त्यसैगरी, निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४, दफा १३ को खण्ड (न) अनुसार दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा कुनै पनि प्रकारको र्‍यालीका क्रममा निर्वाचन प्रचार–प्रसारमा राष्ट्रिय झण्डा प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ। यस प्रावधानको उल्लङ्घन गरे कानुनी कारबाही हुने स्पष्ट व्यवस्था रहेको छ।
मुलुकी अपराध संहिता, २०७४ को दफा १५१ ले पनि नेपालको राष्ट्रिय झण्डाको अपमान हुने कार्य वा सार्वजनिक नैतिकता, शिष्टाचार तथा सदाचारको दृष्टिले प्रयोग गर्न नहुने स्थान वा अवस्थामा झण्डा प्रयोग गरे दण्डनीय हुने व्यवस्था गरेको छ।
तर, यस्ता स्पष्ट कानुनी प्रावधान हुँदाहुँदै पनि हाल राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दो देखिएको छ। आन्दोलनका क्रममा, वैदेशिक रोजगारीमा जाने बेला, विभिन्न सार्वजनिक गतिविधि तथा व्यक्तिगत प्रयोगमा समेत राष्ट्रिय झण्डा मर्यादाबिना प्रयोग भइरहेको गुनासो बढ्दै गएको छ।
सर्वसाधारणले जहाँ मन लाग्यो त्यहीँ, जस्तोसुकै रूपमा राष्ट्रिय झण्डा प्रयोग गर्दा यसको सम्मान र गरिमामाथि प्रश्न उठेको सरोकारवालाहरू बताउँछन्। उनीहरूका अनुसार राष्ट्रिय झण्डाको जथाभावी प्रयोग सदुपयोगभन्दा बढी अवहेलना र दुरुपयोगतर्फ उन्मुख भइरहेको छ।

प्रतिकृया दिनुहोस्

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...