News Portal

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

१६३ पटक

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता गराएको उम्मेदवारी फिर्ता लिएका छन्। शुक्रबार उम्मेदवारी फिर्ताको औपचारिक घोषणा गर्दै उनले अब प्रत्यक्ष चुनावी प्रतिस्पर्धाभन्दा बाहिर बसेर देश र जनताको हितमा योगदान गर्ने बताएका हुन्।

उनले हालको राजनीतिक परिस्थिति अझै स्पष्ट दिशा नलिएको उल्लेख गर्दै यस्तो अवस्थामा साझा र समन्वयकारी भूमिकाबाट काम गर्नु बढी प्रभावकारी हुने धारणा व्यक्त गरे। देशले आवश्यक ठानेका व्यक्ति र शक्तिलाई साथ दिने प्रतिबद्धता जनाउँदै उनले आफू निरन्तर जनसेवामै केन्द्रित रहने बताए।

भट्टराईले उम्मेदवारी दर्तादेखि साथ र सहयोग गर्ने प्रस्तावक, समर्थक तथा शुभेच्छुकप्रति आभार व्यक्त गरे। विभिन्न दल तथा नेताहरूले दिएको सुझाव र आग्रहलाई मध्यनजर गर्दै प्रतिस्पर्धाबाट पछि हट्ने निर्णय लिएको उनको भनाइ छ। उनले चुनावी मैदानमा होमिनुभन्दा मार्गदर्शन र सहकार्यको भूमिका निर्वाह गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गरे।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने र देशलाई तीव्र आर्थिक विकासतर्फ लैजाने लक्ष्य अझै आफ्नो प्राथमिकतामा रहेको उनले स्पष्ट पारे। चुनौतीपूर्ण परिस्थितिमा दलहरूबीच सहकार्य र सहमतिमार्फत अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै उनले अभिभावकीय भूमिकाबाट योगदान गर्ने बताए।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उनलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको बताइएको छ। रास्वपाले उक्त क्षेत्रमा महामन्त्री कविन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाएको छ। साथै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत फोनमार्फत फिर्ता लिन सुझाव दिएको स्रोतको दाबी छ। यस क्षेत्रमा अन्य दलका उम्मेदवारहरू पनि प्रतिस्पर्धामा रहेका छन्।

प्रतिकृया दिनुहोस्

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...

अनुहार फेरि फेरि षडयन्त्र नगरौं !

– कमला थापा २०८२ फाल्गुन २५ गते सोमबार। “अनुहार फेरि-फेरि षडयन्त्र नगरौं” उक्त भनाइ श्री...

आज २०८२ साल फागुन २५ गतेको राशिफल

आज फागुन २५, २०८२ ( मार्च ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सुनसरी-१ मा हर्क साम्पाङ विजयी

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१ बाट विजयी भएका छन् । उनले...