News Portal

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

७६५ पटक

काठमाडौँ – झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमत्तोमा तस्करी बढेको छ । जिल्लाका मुख्य सहित साहयक नाकाबाट तस्करसँग घुमुवा प्रहरीले लाइन मिलाई भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ तस्करी गराउँदै आएका छन् ।

झपाको सीमावर्ती इलाका सहित राजमार्गमा पर्ने हरेक इप्रका र चौकीले असुलीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले घुमुवा टोली नै परिचालन गरेका छन् । कानूनतः घुमुवा प्रहरी परिचालन गर्न पाइँदैन । तर, झापामा सशस्त्र र नेपाल प्रहरीले सूचना संकलनका नाममा घुमुवा प्रहरी परिचालन गरी असुली गर्दै आएका छन् । सशस्त्रका घुमुवाले पोके सहित तस्करीसँग असुल्न्छन् भने नेपाल प्रहरीका घुमुवाले डान्सबारदेखि पोके सहितका तस्करहरुसँग असुली गर्छन् ।

सही कामका लागि गोप्य सूचना संकलन गर्ने भन्दै खटाइएका भद्रपुर, कांकरभिट्टा , धुलाबारी, चारआली, बिर्तामोड, सुरुगां, दमक लगायतका इलाका प्रहरीका घुमुवा र शसस्त्र प्रहरीबल २ नम्बर गण, सीमा सुरक्षा बल कांकरभिट्टा, भद्रपुर, जोरसीमल, नकल्बन्दा, सीमा सुरक्षा बल शनिश्चरेबाट खटिएका शसस्त्र प्रहरीले जिल्लामा असुली आतंक नै मच्चाएका छन् । अचम्म त के छ भने, सीमा सुरक्षामा खटिने सशस्त्रको गण र प्राय हरेक क्यामले र वीओपीहरुले समेत घुमुवा राखेका छन् । प्रहरीको त कुरै छाडौं, गाउँमा रहेका चौकीदेखि इलाका र जिल्लासम्मै घुमुवा परिचालित छन् र उनीहरुकै असुली धन्दा विगविगी छ ।
सशस्त्र प्रहरी नं २ गणले असई लोकबहादुर पोखरेललाई घुमुवा खटाएको छ । उनी कोड मास्टर हुन् । त्यस्तै प्रस्ताबित सीमा सुरक्षा गुल्म कांकरभिट्टाले बरिष्ठ हवल्दार केशव गुरुगं र हवल्दार इन्द्र खड्कालाई कांकरभिट्टा नाकाकालागि घुमुवा खटाएको छ । उनीहरुले तस्करीमा साथ दिएका छन् ।

नेपाल प्रहरीमा पनि घुमुवाको असुली धन्दा अचाक्ली छ । इलाका प्रहरी कार्यालय कांकरभिट्टामा साहयक हवल्दारद्धय रमेश लुइंटेल र सुमन खत्री घुमुवाको रुपमा परिचालित छन् । त्यस्तै धुलाबारी इलाकामा जवान शम्भु ठाकुर र साहयक हवल्दार पुष्प बांस्कोटा घुमुवाको रुपमा खटिएका छन् । चारआली चौकीमा साहयक हवल्दार पविन्द्र तुम्बाहाम्फे घुमुवाको रुपमा खटिएका छन् ।

त्यस्तै वडा प्रहरी कार्यालय भद्रपुरमा युवराज श्रेष्ठ र तामिन्द्र मगर घुमुवाको रुपमा छन् । इप्रका बिर्तामोडमा साहयक हवल्दारद्धय डम्बर दाहाल र भिम अधिकारी घुमुवाको रुपमा परिचालित छन् । इलाका प्रहरी कार्यालय दमकमा साहयक हवल्दार टिका दाहाल र हवल्दार राजकुमार श्रेष्ठ घुमुवा छन् ।
उनीहरुले सीमा क्षेत्रबाट तस्करी गरी दमक सम्म ल्याउने कारोबारी , गिटीबालुवा , यौन्धन्दा हुने होटल, काठ तस्कर र पोके ब्यापारीसँग असुली गर्छन् । त्यस्तै इप्रका सुरुगांमा साहयक हवल्दार सन्तोष महत्तो, झिलझिलेमा साहयक हवल्दार मनिष लिम्बु, गौरीगंजमा हवल्दारद्धय डिकबहादुर कार्की र शंकर यादव त्यस्तै जिल्लामा साहयक हवल्दार मोती थेवे, बरिष्ठ हवल्दार सन्तोष राई, साहयक हवल्दार उत्तम कटुवाल र जवान राज फागो घुमुवाको रुपमा रहेका छन् ।

अहिले कांकरभिट्टा र भद्रपुरमा रातदिन तस्करी भइरहेको छ । तस्करहरुले साइकल, मोटरसाइकल, सीटी रिक्सा, अट्टोमा तस्करी गर्दै आएको प्रत्यक्षदर्शी बताउँछन् । दैनिक मेची पुलबाट मात्रै एक ट्रक बढी सामान तस्करी हुंदै आएको छ । उषा, सीता, राजेश, सुनिता, काले, राम, उमेश, प्रदिप, श्याम, रन्जीत, राजन, अनिता, कल्पना, भूमिका, पिन्टु, जिरे, लगायत तस्करहरुले सशस्त्र र नेपाल प्रहरीसँगको सेटिङमा तस्करी गर्दै आएका छन् । कारोबारीले प्रहरीलाई मासीक रकम दिने गरेका छन् । उनीहरुले प्रत्येक इलाका र चौकी सहित जिल्लालाई १० हजारदेखि २ लाख बढी सम्म रकम बुझाउंंछन् ।
भारतसँग सीमा जोडिएका जिल्लाका सबैजसो नाकाबाट तस्करी हुने गरेको छ । अहिले सबैभन्दा बढी तस्करी हुने नाका कांकरभिट्टा र भद्रपुर हुन् । यहाँबाट मोबाइल, कपडा, किराना र हार्डवेयर बढी मात्रामा तस्करी हुने गरेको छ ।

प्रतिकृया दिनुहोस्

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...

अनुहार फेरि फेरि षडयन्त्र नगरौं !

– कमला थापा २०८२ फाल्गुन २५ गते सोमबार। “अनुहार फेरि-फेरि षडयन्त्र नगरौं” उक्त भनाइ श्री...

आज २०८२ साल फागुन २५ गतेको राशिफल

आज फागुन २५, २०८२ ( मार्च ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सुनसरी-१ मा हर्क साम्पाङ विजयी

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१ बाट विजयी भएका छन् । उनले...