News Portal

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

४९ पटक

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक विवादका बीच संगठनलाई फुटबाट जोगाउन आफूले सन्तुलित र मध्यमार्गी धार अपनाएको बताएका छन्। मोरङ क्षेत्र नम्बर ६ को सुन्दरहरैंचामा बिहीबार आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले पार्टी एकता नै अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएको स्पष्ट पारे।

उनले विशेष महाधिवेशनमा सहभागी नहुनुको कारण खुलाउँदै आफ्नो उपस्थितिले थप विवाद र विभाजन निम्त्याउन सक्ने आकलन गरेकाले टाढै बसेको बताए। पार्टी फुट्ने जोखिमभन्दा एकता कायम राख्नु महत्वपूर्ण ठानेर आफूले ‘बीचको बाटो’ रोजेको उनको भनाइ थियो।

कोइरालाले विशेष महाधिवेशनलाई पार्टीको नियमित प्रक्रिया मात्र भएको उल्लेख गर्दै अब त्यस विषयलाई लिएर अनावश्यक बहस नगर्न आग्रह गरे। अहिले सम्पूर्ण ध्यान आगामी प्रतिनिधिसभा निर्वाचनतर्फ केन्द्रित गर्नुपर्ने भन्दै उनले नेताकार्यकर्तालाई साझा लक्ष्यका साथ अघि बढ्न आह्वान गरे।

आफू सांसद हुँदा जनताको पक्षमा नीति निर्माण, सुशासन र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाएको स्मरण गर्दै उनले जनजीविकासँग जोडिएका मुद्दालाई प्राथमिकतामा राखेको बताए। संसदभित्र र बाहिर दुवै ठाउँमा जनताको हितमा संघर्ष गरेको उनले उल्लेख गरे।

आगामी निर्वाचनले मुलुकलाई राजनीतिक स्थिरता र स्पष्ट दिशा दिने विश्वास व्यक्त गर्दै कोइरालाले कांग्रेसलाई बलियो शक्ति बनाउन सबै एकजुट हुनुपर्ने बताए। पार्टीलाई विभाजनभन्दा संगठन सुदृढीकरणतर्फ लैजानु नै अहिलेको जिम्मेवारी भएको उनको निष्कर्ष थियो।

प्रतिकृया दिनुहोस्

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

४४ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...