News Portal

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

२२९ पटक

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न घरपरिवारका महिलाहरू कार्तिकदेखि बैशाखसम्म गाउँघरबाट गाई, गोरु र भैँसीको गोबर सङ्कलन गरी वर्षभरिका लागि गुईठा बनाउन व्यस्त देखिन्छन्।

स्थानीय झिन्झी देवी महतोका अनुसार अहिले पनि धेरै परिवारको दैनिकी गोबरकै गुईठामा निर्भर छ। बिहानैदेखि महिलाहरू गाउँघर डुल्दै गोबर सङ्कलन गर्छन् र त्यसलाई दाउराको रूपमा प्रयोग गर्न गुईठा बनाउँछन्। बिजुली र ग्यासको सुविधा आए पनि ग्रामीण भेगमा अझै पुरानै परम्परागत शैलीमा गोबरबाट गुईठा बनाएर खाना पकाउने चलन कायमै छ।

मोरङको दक्षिणी भेगमा बसोबास गर्ने ऋषिदेव, यादव, मण्डल, साह, राजवंशी लगायत समुदायका महिलाहरू अहिले गुईठा बनाउन व्यस्त छन्। उनीहरू गाई, गोरु र भैँसीको गोबरलाई पानीमा भिजाएर पराल वा भुससँग मिसाई डल्लो बनाउँछन्। त्यसपछि सनपाटबाट निस्किएको सन्ठीको सहायताले गोलो आकार दिई घाममा सुकाइन्छ।

स्थानीय सन्तोषी देवी सरदारका अनुसार करिब १५ दिनमा गुईठा राम्ररी सुक्छ र त्यसपछि खाना पकाउन प्रयोग गर्न मिल्छ। छ महिनामा बनाइएका गुईठा पानीबाट जोगाएर राखिन्छ र वर्षभरि दाउराको रूपमा प्रयोग गरिन्छ।

अनिता देवी मण्डल भन्छिन्, “गुईठाबाट बनाएको खानाको स्वाद फरक हुन्छ। ग्यासबाट बनाएको खानामा रोग लाग्ने डर हुन्छ तर गुईठाबाट पकाएको खानाले हामीलाई कहिल्यै समस्या भएको छैन।” ग्यास चुलो र बिजुलीको सुविधा बजारमा भए पनि खरिद गर्न नसक्दा उनीहरू गोबरकै गुईठामा निर्भर भएर जीवन चलाइरहेका छन्।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...