News Portal

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

२८ पटक

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित भएका छन्।

केन्द्रीय उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल चयन भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्विरोध भएका छन्।

यसैगरी सह–महामन्त्री पदमा महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, मुस्लिम, थारु तथा पिछडिएको क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्दै ८ जना चयन भएका छन्। सह–महामन्त्रीमा डा. डिला संग्रौला पन्त (महिला), प्रकाश रसाइली स्नेही (दलित), बहादुर सिंह लामा (आदिवासी जनजाति), उदय शम्शेर राणा (खसआर्य), मुक्ता कुमारी यादव (मधेशी), फर्मुल्ला मन्सुर (मुस्लिम), योगेन्द्र चौधरी (थारु) र कर्णबहादुर बुढा (पिछडिएको क्षेत्र) निर्विरोध भएका छन्।

केन्द्रीय सदस्यतर्फ खुल्ला, महिला, प्रदेशगत तथा समावेशी क्लस्टर अन्तर्गत ठूलो संख्यामा नेता–नेत्रीहरू निर्विरोध चयन भएका छन्। खुल्ला केन्द्रीय सदस्यमा ३५ जना, महिला खुल्लामा ९ जना, प्रदेशगत महिला तथा खुल्ला सदस्य, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारु, खसआर्य, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक तथा पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय कार्यसमिति गठन गरिएको छ।

नवनिर्वाचित केन्द्रीय कार्यसमितिले पार्टीभित्रको आन्तरिक एकता सुदृढ गर्दै लोकतान्त्रिक मूल्य–मान्यता, समावेशीता र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...