News Portal

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

६० पटक

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने निर्णय गरेको छ। यसअनुसार कास्की, रुपन्देही, काठमाडौं र पर्सा जिल्ला अदालतमा दायर यी दुई अभियोग हटाउन सरकारी वकिललाई अभियोगपत्र संशोधन गर्न स्वीकृति दिइएको छ।

महान्यायाधिवक्ता सबिता भण्डारी बरालले हिमाली संचारसँग भनिन्, “सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहनेछ। संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग मात्रै संशोधनमार्फत हटाइँदै छन्।” उनका अनुसार यसलाई सम्पूर्ण मुद्दा फिर्ता गरिएको अर्थमा बुझ्न नहुने पनि स्पष्ट छ।

बुधबार गरिएको निर्णयपछि कास्की जिल्ला अदालतमा चलिरहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा अब अन्त्य हुने भएको छ। त्यस्तै रुपन्देही, काठमाडौं र पर्सामा चलिरहेका संगठित अपराधका मुद्दा पनि फिर्ता हुनेछन्।

चितवन जिल्ला अदालतमा भने यी दुई अभियोग सम्बन्धी मुद्दा दर्ता नभएकाले त्यहाँ कुनै अभियोगपत्र संशोधन आवश्यक नपरेको महान्यायाधिवक्ता कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...