News Portal

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

२२१ पटक

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने निर्णय गरेको छ। यसअनुसार कास्की, रुपन्देही, काठमाडौं र पर्सा जिल्ला अदालतमा दायर यी दुई अभियोग हटाउन सरकारी वकिललाई अभियोगपत्र संशोधन गर्न स्वीकृति दिइएको छ।

महान्यायाधिवक्ता सबिता भण्डारी बरालले हिमाली संचारसँग भनिन्, “सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहनेछ। संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग मात्रै संशोधनमार्फत हटाइँदै छन्।” उनका अनुसार यसलाई सम्पूर्ण मुद्दा फिर्ता गरिएको अर्थमा बुझ्न नहुने पनि स्पष्ट छ।

बुधबार गरिएको निर्णयपछि कास्की जिल्ला अदालतमा चलिरहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा अब अन्त्य हुने भएको छ। त्यस्तै रुपन्देही, काठमाडौं र पर्सामा चलिरहेका संगठित अपराधका मुद्दा पनि फिर्ता हुनेछन्।

चितवन जिल्ला अदालतमा भने यी दुई अभियोग सम्बन्धी मुद्दा दर्ता नभएकाले त्यहाँ कुनै अभियोगपत्र संशोधन आवश्यक नपरेको महान्यायाधिवक्ता कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...