News Portal

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

३४ पटक

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको विधिवत र विधानसम्मत नेतृत्व चयनको प्रक्रिया अघि बढाउने बाटो खुलेको बताएका छन्।

देउवा समूहको केन्द्रीय समितिको बैठकले महामन्त्री गगनकुमार थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई पाँच वर्षका लागि निष्काशन गर्ने निर्णय गरेलगत्तै थापाले पार्टीको आधिकारिकता विशेष महाधिवेशनकै पक्षमा रहेको स्पष्ट पारेका हुन्।

देउवाको कारबाहीपछि प्रतिक्रिया दिँदै थापाले भने, “हामी नै आधिकारिक नेपाली कांग्रेस हौँ। रुख चिन्ह र चारतारे झण्डा हामीसँग छ।”

अब कांग्रेसको आधिकारिकता को भन्ने प्रश्नमा उनले थपे, “यहाँ विधिवत र विधानसम्मत नेतृत्व चयन हुँदैछ। यही नै कांग्रेस हो।”

थापाका अनुसार विशेष महाधिवेशनको मनोनयन प्रक्रिया पूरा भइसकेको छ र नामावली सार्वजनिक गर्ने तयारी भइरहेको छ। विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वबारे निर्वाचन आयोगलाई जानकारी गराउने तयारीसमेत भइरहेको उनले बताए।

“हामीले सभापतिले छोडे हुन्छ भनेका हौँ। असोज २८ गते केन्द्रीय समितिको बैठकमा उहाँले सम्बोधन गरेर कार्यवाहक दिएर जाँदा सम्मान गरेकै हो,” थापाले भने, “अब अल्मलिनुपर्ने अवस्था छैन। संवादका प्रयास भए तर सफल भएनन्।”

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गरेको छ। यससँगै कांग्रेसभित्रको विवाद थप चर्किएको छ।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...