News Portal

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

१९७ पटक

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको विधिवत र विधानसम्मत नेतृत्व चयनको प्रक्रिया अघि बढाउने बाटो खुलेको बताएका छन्।

देउवा समूहको केन्द्रीय समितिको बैठकले महामन्त्री गगनकुमार थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई पाँच वर्षका लागि निष्काशन गर्ने निर्णय गरेलगत्तै थापाले पार्टीको आधिकारिकता विशेष महाधिवेशनकै पक्षमा रहेको स्पष्ट पारेका हुन्।

देउवाको कारबाहीपछि प्रतिक्रिया दिँदै थापाले भने, “हामी नै आधिकारिक नेपाली कांग्रेस हौँ। रुख चिन्ह र चारतारे झण्डा हामीसँग छ।”

अब कांग्रेसको आधिकारिकता को भन्ने प्रश्नमा उनले थपे, “यहाँ विधिवत र विधानसम्मत नेतृत्व चयन हुँदैछ। यही नै कांग्रेस हो।”

थापाका अनुसार विशेष महाधिवेशनको मनोनयन प्रक्रिया पूरा भइसकेको छ र नामावली सार्वजनिक गर्ने तयारी भइरहेको छ। विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वबारे निर्वाचन आयोगलाई जानकारी गराउने तयारीसमेत भइरहेको उनले बताए।

“हामीले सभापतिले छोडे हुन्छ भनेका हौँ। असोज २८ गते केन्द्रीय समितिको बैठकमा उहाँले सम्बोधन गरेर कार्यवाहक दिएर जाँदा सम्मान गरेकै हो,” थापाले भने, “अब अल्मलिनुपर्ने अवस्था छैन। संवादका प्रयास भए तर सफल भएनन्।”

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गरेको छ। यससँगै कांग्रेसभित्रको विवाद थप चर्किएको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...