News Portal

विदेशीले पत्याउन छोडेका नेताहरु

११९ पटक

– कमला थापा

२०८२ पौष २१ गते।
राजनीतिमा टेक्ने खुडकिलो र समाउने हांगो नपाएका पूर्वमाओवादी प्रधानमन्त्री बाबुराम भट्टराई केही दिनअघि भारत पुगेर आए। नेपाल फर्किने बित्तिकै उनले “नेपालमा राजा फर्काउने भारतको कुनै योजना नभएको जानकारी गराए।” आफ्नै देशमा फिरन्ते उपाधि पाएकालाई अरुले किन पत्याउन छ ? देशको अस्मिता, गोपनीयता बेच्नेहरुबाट हुने यस्तै हो। देशको कुरा बुझ्न बिदेश धागाउनेलाई पृथ्वीनारायण शाहको एकीकरणको जगमा उभिएको देशको महत्व के थाहा ? केही बर्ष बुख्याचाहरुले देश चलाए, किर्ना मोटाएको झै मोटाए, त्यही देश सिध्याउने योजना बोकेर आएका बिदेशी दलालहरुबाट अब देश जोगाउनु छ। नेपाली जनताहरुले बुझिसकेका छन्। यिनिहरुले बुझाउन जरुरी छैन। जनतालाई जति झुक्याउनु थियो, झुक्याए अब झुक्किने पालो यिनीहरुकै हो। बिदेशी आशीर्वाद जुनदिनसम्म थियो, देश खोक्रो बनाए। बिश्वमा कुख्यात भ्रष्टाचारीको उपाधि पाएका राष्ट्र घातिहरुलाई अब कसैले पत्याउने स्थिति रहेन, सही कुरा किन बताउछन् ?

“राजसंस्था खोज्न भारतमा हैन नेपालमै खोज, राजा ज्ञानेन्द्र शाह देशमै छन्। त्यसैले त तिमिहरु अहिलेसम्म सुरक्षित छौ। राजा सिंहाशन बाहिर बसेर नै त नेपाली जनताको मर्म, भावना, चाहना र दलहरुबाट भएगरेका खतरा र राष्ट्रिय अन्तराष्ट्रिय षड्यन्त्र बुझ्न पाए। राजा ज्ञानेन्द्र शाह बाहिर बस्नुको प्रमुख उद्देश्य नै यही थियो।”

प्रमुख कुरा राजसंस्था फर्काउने भनेको नेपाली जनतले हो। राजा, राजसंस्था चाहिएको नेपाललाई हो, विदेशीलाई होईन। तर नेपालमा राजसंस्था हूदा उत्तर, दक्षिण साथै एशियन मूलुकहरु पनि पश्चिमाहरुबाट सुरक्षित रहेको थियो। अब पनि रहने कुरामा मित्र राष्ट्रहरुले बुझिसकेका छन्। कोर्स करेक्सनमा समझदारी हुदै गरेका कुरा छन्। कुटनैतिक अर्थ शब्दमा हैन, भावमा बुझ्ने हो। आफ्नै देशको साचो कहां छ भन्ने भेउ नपाउने व्यक्तिले उच्चस्तरिय कुटनीतिक भाषा कसरी बुझ्ने ? देशको सांचो देशमै छ, त्यो पृथ्वीनारायण शाहको बंसज राजा ज्ञानेन्द्र शाहसंग छ। त्यसैले त “पृथ्वीपथ” को मार्गमा देशलाई उभ्याउनुपर्छ भन्ने आब्हान गरिबक्सेको हो। राजसंस्था खोज्न भारतमा हैन नेपालमै खोज, राजा ज्ञानेन्द्र शाह देशमै छन्। त्यसैले त तिमिहरु अहिलेसम्म सुरक्षित छौ। राजा सिंहाशन बाहिर बसेर नै त नेपाली जनताको मर्म, भावना, चाहना र दलहरुबाट भएगरेका खतरा र राष्ट्रिय अन्तराष्ट्रिय षड्यन्त्र बुझ्न पाए। राजा ज्ञानेन्द्र शाह बाहिर बस्नुको प्रमुख उद्देश्य नै यही थियो।

“देशको ढुकुटी सिध्याएर बिदेश उपचार गर्ने बानी परेकाहरु आक्रोश व्यक्त गर्दैछन्। यही प्रश्न उनिहरुलाई सोधौं! राजा ज्ञानेन्द्र शाह बाहिर बसेको झण्डै २१/२२ बर्ष भयो के उनलाई नेपाल सरकारले भत्ता, सुबिधा, उपचार खर्च दिएको छ ? जस्का पुर्खाले आर्जेको मूलुकमा ब्रह्लुट गरे, महारानी कोमल शाहलाई पनि बेलाबेला उपचार गर्न बाहिर जानुपरेको देखेका छौं। के खर्च सरकारले ब्यहोरेको छ ?”

अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनालको ठूलो गुनासो सरकारसंग देखियो। “के पूर्वप्रधानमन्त्रीको परिवारलाई सरकारले उपचार खर्च दिनु पर्दैन ?” देशको ढुकुटी सिध्याएर बिदेश उपचार गर्ने बानी परेकाहरु आक्रोश व्यक्त गर्दैछन्। यही प्रश्न उनिहरुलाई सोधौं! राजा ज्ञानेन्द्र शाह बाहिर बसेको झण्डै २१/२२ बर्ष भयो के उनलाई नेपाल सरकारले भत्ता, सुबिधा, उपचार खर्च दिएको छ ? जस्का पुर्खाले आर्जेको मूलुकमा ब्रह्लुट गरे, महारानी कोमल शाहलाई पनि बेलाबेला उपचार गर्न बाहिर जानुपरेको देखेका छौं। के खर्च सरकारले ब्यहोरेको छ ?

“प्रहरी हिरासतमा अझै १५ सयको हाराहारीमा नवयूवाहरु भित्र छन् भन्ने सुनिन्छ। उनिहरुलाई छिटो छानविन गरेर छोड्नुपर्छ कि पर्दैन ? राजनैतिक दल भनेको जनताको अभिभावक हो। सरकारलाई उनीहरुले घचगचाउनु पर्ने हो की होइन ? यस्ता प्रश्न धेरै छन्। आफ्नै मात्र गुनासो गर्न शरम लाग्दैन ? जस्को जवाफ सरकारले दिनुपर्छ।”

भ्राद्र २३ गतेको जेएन्जी आन्दोलनमा ज्यान गुमाउने स्कूलका बालबालिका, घाईते नवयूवाहरुको लागि सरकारले के कस्तो ब्यबस्था गर्यो। मर्नेको संख्या ७६ घाईतेहरु, अंगभंग भएका र आजिवन अपाईज भएर बाच्नु पर्ने यूवाहरु कति छन्। अझै अस्पतालको बेडमै भएको, तिनको उपचारमा सरकारले खर्च नपठाएको कुरा बाहिर धेरै आएको छ। तिनका परिवारहरुको आर्थिक अबस्था कस्तो छ ? यसबारे सरकारले राम्रो छानविन गरेको छ की छैन ? प्रहरी हिरासतमा अझै १५ सयको हाराहारीमा नवयूवाहरु भित्र छन् भन्ने सुनिन्छ। उनिहरुलाई छिटो छानविन गरेर छोड्नुपर्छ कि पर्दैन ? राजनैतिक दल भनेको जनताको अभिभावक हो। सरकारलाई उनीहरुले घचगचाउनु पर्ने हो की होइन ? यस्ता प्रश्न धेरै छन्। आफ्नै मात्र गुनासो गर्न शरम लाग्दैन ? जस्को जवाफ सरकारले दिनुपर्छ।

“देशमा दिनप्रतिदिन बढ्दै गएको असुरक्षित अबस्थाको फाईदा उठाउन खोज्ने आतंककारी तत्वहरूको सकृयता दिनपरदिन सिमा क्षेत्रमा बढ्दो छ। सिमानामा बस्ने नेपाली जनता असुरक्षित भएको अडियो, भिडियो खवर दिनहूँ आईरहेको छ। तराईका केहि जिल्लाहरुमा शान्ति सुरक्षाको अभाब भएको गुनासो त्यहाँका जनताको छ। सिमा क्षेत्रमा बस्ने जनता बिना बर्दिका सुरक्षाकर्मी हुनुपरेको गुनासो उत्तिकै छ।‌ तीन तहको सरकार यस्ता कुराहरुमा बेखवर जत्तिकै देखिन्छ। बोडर सुरक्षाको लागि छुट्टै सैन्यबल खडा गर्नुपर्ने अबस्था आईसकेको छ। तर बिदेशीका अरौटेहरु सेनाको संख्या घटाउनुपर्ने प्रस्ताव संसदमा राख्दै थिए। बिभिन्न देशबाट आएका र आउने सरणार्थिहरुको संख्या बढदो छ। आजसम्मका सरकार बेखवर जत्तिकै छन्। त्यसैले शान्ति सुरक्षालाई मध्यनजर गर्दै सैन्य संख्या बढाउने पट्टि पनि सरकारको ध्यान जानु आवश्यक छ। देशको सुरक्षाको लागि चौविसै घण्टा खट्टिनुपर्ने प्रहरीहरुलाई सुबिधा, पोसाक भत्ता नपुगेको गुनासो धेरै छ। उनिहरुको सुविधा बढाउन पनि सरकारको ध्यान जाओस। निर्वाचन गराउनु, दलहरुको गुलामी गर्नु मात्र सरकारको काम होइन देशमा शान्ति, सुरक्षा, रोजगार र जनताको आए आर्जनको प्रबन्ध गर्नु पनि प्रमुख दायित्व हो। प्रधानमन्त्री, मन्त्रीलगायतका ब्यक्तिहरुको चुनावी रटान धेरै भयो। जनताको जिवनस्तर सुधार्न पट्टी ध्यान जानु अति आवश्यक छ।”

केही दिन अगाडि प्रधानमन्त्री सुशीला कार्की ले तिन दलका नेताहरुलाई बालुवाटारमा भेटवार्ता गर्नु भयो। भेटका क्रममा उहांको अनुरोध निर्वाचनमा भाग लिन अनुरोध थियो। यस्तो आग्रह गर्दैगर्दा उहांको भनाइ थियो। सरकारले छिटो निर्वाचन गराएर तपाईहरुलाई यो कुर्सी सुम्पिने इच्छा जाहेर गरेको सुनियो। “यो घर तपाईहरुको हो” निर्वाचनमा जानुहोस्। प्रधानमन्त्री कार्कीको उक्त भनाइ आपत्ति जनक छ। बालुवाटारको सरकारी निवास जनताको प्रतिनिधि बस्ने क्वाटर हो। अझै भ्रष्टहरुलाई सुम्पिन आतुर हुनुहुन्छ ? सुम्पिनि नै हो भने यो राष्ट्रका निर्माताको बंशजलाई देश सुम्पिनुहोस्। राष्ट्र र जनताको भलाई त्यसैमा छ। देश अब राजसंस्थालाई जिम्मा दिनुपर्छ। देशमा दिनप्रतिदिन बढ्दै गएको असुरक्षित अबस्थाको फाईदा उठाउन खोज्ने आतंककारी तत्वहरूको सकृयता दिनपरदिन सिमा क्षेत्रमा बढ्दो छ। सिमानामा बस्ने नेपाली जनता असुरक्षित भएको अडियो, भिडियो खवर दिनहूँ आईरहेको छ। तराईका केहि जिल्लाहरुमा शान्ति सुरक्षाको अभाब भएको गुनासो त्यहाँका जनताको छ। सिमा क्षेत्रमा बस्ने जनता बिना बर्दिका सुरक्षाकर्मी हुनुपरेको गुनासो उत्तिकै छ।‌ तीन तहको सरकार यस्ता कुराहरुमा बेखवर जत्तिकै देखिन्छ। बोडर सुरक्षाको लागि छुट्टै सैन्यबल खडा गर्नुपर्ने अबस्था आईसकेको छ। तर बिदेशीका अरौटेहरु सेनाको संख्या घटाउनुपर्ने प्रस्ताव संसदमा राख्दै थिए। बिभिन्न देशबाट आएका र आउने सरणार्थिहरुको संख्या बढदो छ। आजसम्मका सरकार बेखवर जत्तिकै छन्। त्यसैले शान्ति सुरक्षालाई मध्यनजर गर्दै सैन्य संख्या बढाउने पट्टि पनि सरकारको ध्यान जानु आवश्यक छ। देशको सुरक्षाको लागि चौविसै घण्टा खट्टिनुपर्ने प्रहरीहरुलाई सुबिधा, पोसाक भत्ता नपुगेको गुनासो धेरै छ। उनिहरुको सुविधा बढाउन पनि सरकारको ध्यान जाओस। निर्वाचन गराउनु, दलहरुको गुलामी गर्नु मात्र सरकारको काम होइन देशमा शान्ति, सुरक्षा, रोजगार र जनताको आए आर्जनको प्रबन्ध गर्नु पनि प्रमुख दायित्व हो। प्रधानमन्त्री, मन्त्रीलगायतका ब्यक्तिहरुको चुनावी रटान धेरै भयो। जनताको जिवनस्तर सुधार्न पट्टी ध्यान जानु अति आवश्यक छ। श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन।
जय नेपाल।

प्रतिकृया दिनुहोस्

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...

ज्ञानेन्द्र शाही रास्वपामा प्रवेशको तयारीमा, बालेनसँगको भेटपछि असन्तोष

काठमाडौं, २३ पुष – राप्रपा प्रवक्ता एवं पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग लगातार भेटघाट गर्दै...

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...