News Portal

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

२५८ पटक

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले उक्त नाम प्रयोग नगरेको पाइएको छ। श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका मेयर साम्पाङले आफ्नो लेटर प्याडमा अझै ‘प्रदेश नम्बर १’ उल्लेख गर्दै आएका छन्।

नेपालको संविधान २०७२ अनुसार प्रदेश सभामा रहेका सदस्यहरूको दुई तिहाइ मतबाट प्रदेशको नामकरण गर्न सकिने व्यवस्था छ। सोही प्रावधानअनुसार २०७९ फागुन १७ गते प्रदेशको नाम कोशी राखिएको थियो। तर नामकरण भएको वर्षौँ बितिसक्दा पनि धरान उपमहानगरका मेयरले त्यसलाई स्वीकार नगरेको देखिएको हो।

मेयर साम्पाङ र उनको सचिवालयबाट जारी हुने सूचनाहरूमा प्रदेश नम्बर १ नै लेखिएको पाइन्छ। तर कर्मचारीतर्फबाट जारी हुने आधिकारिक सूचनामा भने कोशी प्रदेश उल्लेख गरिएको छ। उपमहानगरपालिकाको आधिकारिक वेबसाइटमा पनि प्रदेशको नाम कोशी नै प्रयोग गरिएको छ।

धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम बेघाले नयाँ र पुराना दुवै किसिमका लेटर प्याड प्रयोगमा रहेको जानकारी दिए। उनका अनुसार पुराना लेटर प्याड बाँकी रहेकाले दुवै चलाइँदै आएको हो।

प्रदेशको नामकरणका क्रममा पहिचानको आधारमा नाम राख्नुपर्ने मागसहित आन्दोलनसमेत भएका थिए। सो आन्दोलनका क्रममा पदम लिम्बु लाजेहाङको मृत्यु भएको थियो भने त्यसपछि पहिचान पक्षधरहरूले विभिन्न पालिकामा राखिएका प्रदेशसम्बन्धी बोर्डहरू हटाएका थिए।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...