News Portal

पूर्व गृहमन्त्री रमेश लेखक भदौ २३–२४ का घटनाबाट पीडित

३०७ पटक

काठमाडौँ, पुष १४ – पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ मा भएको हिंसात्मक घटनाबाट आफू गहिरो पीडामा परेको बताएका छन्। सोमबार जाँचबुझ आयोगलाई दिएका बयानमा उनले भने, “युवाहरूको ज्यान गएको र धेरै घाइते भएको अवस्थाले मलाई मात्र मर्माहत बनाएको छैन, मेरो मन छियाछिया पनि भएको छ।”

लेखकले घटनापछि नैतिक जिम्मेवारीसहित तत्काल राजीनामा दिएको जानकारी पनि दिएका छन्। उनले आफ्नो राजीनामा पत्रमा उल्लेख गरे, “आजको दुःखद घटनाबाट पीडा भएर नैतिक आधारमा गृहमन्त्री पदबाट राजीनामा गरेको हुँ।”

उनले भदौ २४ को हिंसात्मक घटना राष्ट्र र लोकतन्त्रमाथि गरिएको पूर्वनियोजित आक्रमण भएको ठम्याएका छन्। सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन र राष्ट्रपति भवन जलाइएका घटनाहरू सामान्य नेपालीले कल्पना गर्न नसक्ने प्रकारका रहेको उनले बताए। लेखकको ठम्याई अनुसार यी घटना राष्ट्र र लोकतन्त्रमाथि गरिएको नियोजित षडयन्त्र नै हो।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...