News Portal

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

२४५ पटक

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण हमालले देशको वर्तमान संवैधानिक तथा राजनीतिक संकटबाट बाहिर निस्कन सर्वपक्षीय सरकार गठन गरी संविधान पुनर्लेखन गर्नु नै आजको अपरिहार्य निकास भएको दाबी गरेका छन्।

उनले अहिलेको संरचनाभित्र रहेर गरिने चुनाव वा सतही सुधारले मुलुकको गहिरो समस्या समाधान गर्न नसक्ने स्पष्ट पार्दै सरकारद्वारा घोषणा गरिएको फागुन २१ गतेको निर्वाचनले निकास दिनुभन्दा देशलाई अझै जटिल संकटतर्फ धकेल्ने चेतावनी दिए।

कार्यक्रममा वक्ताहरूले भाद्र २३ र २४ गते देखिएको नवोदित पुस्ताको विद्रोहलाई सामान्य असन्तुष्टि नभई राज्य संरचनाविरुद्धको गहिरो राजनीतिक चेतनाको अभिव्यक्तिका रूपमा व्याख्या गरे। उक्त विद्रोहका भावना र मागलाई राज्यले स्वीकार गरी त्यसअनुसार अघि नबढे देश पुनः अशान्ति, द्वन्द्व र अस्थिरताको चक्रमा फस्ने गम्भीर जोखिम रहेको उनीहरूको भनाइ थियो।

रविकिरण हमालले वर्तमान संकट समाधानका लागि पुरानै सोच, पुरानै पात्र र पुरानै संरचनाबाट समाधान खोज्नु आत्मघाती हुने उल्लेख गर्दै अब नयाँ राजनीतिक समझदारी, समावेशी संरचना र जनआकांक्षाअनुकूल संविधान आवश्यक भएको धारणा व्यक्त गरे।

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...