News Portal

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

४४ पटक

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण प्रभावित भएको छ। भैरहवाको मौसम नखुलेपछि उनले यात्रा योजना परिवर्तन गर्दै जहाजमार्फत चितवनको भरतपुरसम्म पुगेर त्यहाँबाट सडकमार्ग हुँदै रुपन्देही जाने निर्णय गरेका छन्।

रास्वपाका नेता गणेश पराजुलीका अनुसार लामिछाने बिहान ७:५५ बजेदेखि भैरहवाका लागि उडानको प्रतीक्षामा थिए। तर मौसम प्रतिकूल रहेकाले सो उडान सम्भव नभएपछि वैकल्पिक रूपमा भरतपुरसम्म हवाई यात्रा तय गरिएको हो।

यसअघि उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई शर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो। उक्त आदेश जिल्ला अदालत रुपन्देहीमा कार्यान्वयन हुन बाँकी रहेकाले त्यससम्बन्धी प्रक्रिया पूरा गर्न उनी भैरहवातर्फ जाँदै छन्।

प्रतिकृया दिनुहोस्

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...