News Portal

प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेकाका लागि भुजुङ हाइड्रोपावरको आईपीओ खुला

२४७ पटक

काठमाडौं, पुष ३ – भुजुङ हाइड्रोपावर कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया सुरु गरेको छ। बिहीबारदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर आवेदन खुला गरिएको हो।

कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत बराबर हुने २० करोड रुपैयाँको २० लाख कित्ता सेयर सर्वसाधारण समूहका लागि छुट्याएको छ। यसमध्ये लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका वडा नम्बर ४ का बढी प्रभावित तथा वडा नम्बर १, २, ३, ५, ६, ७, ८ र ९ का प्रभावित बासिन्दाका लागि १० लाख कित्ता सेयर सुरक्षित गरिएको छ। यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख कित्ता सेयर छुट्याइएको छ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। प्रभावित स्थानीयले पुस १७ गतेभित्र आवेदन दिनुपर्नेछ भने ढिलोमा माघ २ गतेसम्म समय तोकिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने पुस ७ गतेसम्म आवेदन दिन पाउनेछन्।

आईपीओ बिक्री व्यवस्थापनको जिम्मेवारी कुमारी क्यापिटलले लिएको छ। कम्पनीको गत आर्थिक वर्षसम्मको वित्तीय विवरणअनुसार प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी १०.८१ रुपैयाँ ऋणात्मक देखिएको छ।

भुजुङ हाइड्रोपावरले ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम् जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। आयोजनाको प्रतिमेगावाट लागत २४ करोड ९० लाख रुपैयाँ रहेको छ। कम्पनीले इक्रा नेपालबाट बी प्लस रेटिङ प्राप्त गरेको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...