News Portal

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

२५९ पटक

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ। आज दिउँसो रत्नपार्क र भक्तपुरमा वायु गुणस्तर सूचक (AQI) १५२ भन्दा माथि पुगेको छ, जुन विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार अस्वस्थकर मानिन्छ। त्यस्तै, सुर्खेत र दाङको देउखुरीमा AQI १५५ भन्दा माथि पुगेको छ।

वायु प्रदूषण प्रायः हिउँदमा बढ्ने गरेको विज्ञहरु बताउँछन्। डा. भूपेन्द्र दासका अनुसार डिसेम्बरदेखि अप्रिलसम्मको समय वायु प्रदूषण स्वास्थ्यमा प्रत्यक्ष असर पुर्‍याउने स्तरमा पुग्छ। यसले फोक्सो, मुटु र मस्तिष्कसम्बन्धी रोगको जोखिम बढाउँछ।

नेपाल स्वास्थ्य अनुसन्धान केन्द्रको एक अध्ययनअनुसार, नेपालमा १८ वर्षमाथिका दम रोगीमध्ये करिब १२ प्रतिशत नागरिक छन् र तीमध्ये आधाभन्दा बढी वायु प्रदूषणसँग सम्बन्धित छन्।

डा. दासका अनुसार हिउँदमा पानी नपर्नु, कृषि अवशेष र फोहोर बाल्ने, गाडी र उद्योगबाट निस्कने धुँवा तथा डढेलोले प्रदूषण बढाउँछन्। अध्ययनले देखाएको छ कि काठमाडौँमा ६३ प्रतिशत प्रदूषण आन्तरिक स्रोतले, १४ प्रतिशत बाहिरी स्रोतले र बाँकी २३ प्रतिशत उपत्यकाबाहिरका जिल्लाबाट आउँछ। तराई क्षेत्रमा करिब ६० प्रतिशत प्रदूषण देशबाहिरबाट आउने गरेको पाइन्छ।

उनले भने, “देशबाहिरबाट आउने प्रदूषण नियन्त्रण गर्न समस्या छ, तर आन्तरिक स्रोत घटाउन तुरुन्त कदम चाल्न आवश्यक छ।”

प्रतिकृया दिनुहोस्

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...