News Portal

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

५९ पटक

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ। आज दिउँसो रत्नपार्क र भक्तपुरमा वायु गुणस्तर सूचक (AQI) १५२ भन्दा माथि पुगेको छ, जुन विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार अस्वस्थकर मानिन्छ। त्यस्तै, सुर्खेत र दाङको देउखुरीमा AQI १५५ भन्दा माथि पुगेको छ।

वायु प्रदूषण प्रायः हिउँदमा बढ्ने गरेको विज्ञहरु बताउँछन्। डा. भूपेन्द्र दासका अनुसार डिसेम्बरदेखि अप्रिलसम्मको समय वायु प्रदूषण स्वास्थ्यमा प्रत्यक्ष असर पुर्‍याउने स्तरमा पुग्छ। यसले फोक्सो, मुटु र मस्तिष्कसम्बन्धी रोगको जोखिम बढाउँछ।

नेपाल स्वास्थ्य अनुसन्धान केन्द्रको एक अध्ययनअनुसार, नेपालमा १८ वर्षमाथिका दम रोगीमध्ये करिब १२ प्रतिशत नागरिक छन् र तीमध्ये आधाभन्दा बढी वायु प्रदूषणसँग सम्बन्धित छन्।

डा. दासका अनुसार हिउँदमा पानी नपर्नु, कृषि अवशेष र फोहोर बाल्ने, गाडी र उद्योगबाट निस्कने धुँवा तथा डढेलोले प्रदूषण बढाउँछन्। अध्ययनले देखाएको छ कि काठमाडौँमा ६३ प्रतिशत प्रदूषण आन्तरिक स्रोतले, १४ प्रतिशत बाहिरी स्रोतले र बाँकी २३ प्रतिशत उपत्यकाबाहिरका जिल्लाबाट आउँछ। तराई क्षेत्रमा करिब ६० प्रतिशत प्रदूषण देशबाहिरबाट आउने गरेको पाइन्छ।

उनले भने, “देशबाहिरबाट आउने प्रदूषण नियन्त्रण गर्न समस्या छ, तर आन्तरिक स्रोत घटाउन तुरुन्त कदम चाल्न आवश्यक छ।”

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...