News Portal

कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न कति जनाले निःशुल्क सेवा लिए

२६४ पटक

कुवेत– कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ७५० जनाको लक्ष्य भए पनि २०० जनाले मात्रै निःशुल्क  सेवा लिए। नेपाली दूतावास कुवेत र मेट्रो मेडिकल ग्रुपको सहकार्यमा साल्मिया स्थित  बोभार्डिया एमएमसी मेडिकल सेन्टरमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर आज सफलतापूर्वक सम्पन्न भएको छ।

स्वास्थ्य शिविरमा ब्लड सुगर, कोलेस्ट्रोल, रक्तचाप, आँखा परीक्षण, श्रवणशक्ति परीक्षण लगायत विविध स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो। साथै चिकित्सकसँग निःशुल्क परामर्श तथा अनलाइनमार्फत अग्रिम दर्ता सुविधा पनि प्रदान गरिएको थियो।

शिविरको उद्घाटन गर्दै कुवेतस्थित नेपाली राजदूत महामहिम घनश्याम लम्सालले कुवेतमा रहेका नेपाली समुदायका लागि नियमित स्वास्थ्य परीक्षण अत्यावश्यक रहेको उल्लेख गर्दै यस किसिमका कार्यक्रमहरूलाई अन्य क्षेत्रहरूमा पनि विस्तार गर्ने योजना रहेको जानकारी दिए।
राजदूत लम्सालले मेट्रो मेडिकल ग्रुपका सीईओ तथा व्यवस्थापन टोली, बोभार्डिया एमएमसी मेडिकल सेन्टरका चिकित्सक तथा स्वास्थ्यकर्मी, गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेत, नेपाल पत्राकार महासंघ वैदेशिक शाखा कुवेत, हिमालयन हाउस रेस्टुरेन्ट लगायत सहयोग गर्ने सबै संस्थाप्रति आभार व्यक्त गरे।

कार्यक्रम दूतावासका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा अस्पतालका वरिष्ठ कर्मचारीहरूको उपस्थितिमा सम्पन्न भएको दूतावासले जनाएको छ। स्वास्थ्य शिविरले कुवेतमा कार्यरत नेपालीहरूको स्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव पार्ने दूतावासको विश्वास छ।

नेपाली राजदूतावास कुवेतको प्रेस विज्ञप्ति

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...