News Portal

निःशुल्क स्वास्थ्य क्याम्पमा हिमालयन रेस्टुरेन्ट हाउसको सहयोग

२४७ पटक

कुवेत – कुवेतमा नेपाली समुदायबीच लोकप्रिय हुँदै गएको हिमालयन हाउस ले प्रशंसनीय सामाजिक उत्तरदायित्व प्रदर्शन गरेको छ। नेपाली दूतावास कुवेतले आयोजना गरेको निःशुल्क स्वास्थ्य जाँच (Free Health Check-up) कार्यक्रममा हिमालयन रेस्टुरेन्ट हाउसले सहभागी सबैका लागि निःशुल्क कफी, चिया, पानी र बिस्कुट उपलब्ध गराएर उल्लेखनीय काम गरेकाे छ।नेपाली दूतावास कुवेत तथा मेट्रो मेडिकल ग्रुपको संयुक्त आयोजनामा गरिएको निःशुल्क स्वास्थ्य चेकअप चेकजाँच फ्री हेल्थ क्याम्पमा उपस्थिति महानुभावहरूको लागि निःशुल्क निःशुल्क कफी, चिया, पानी र बिस्कुट हिमालयन रेस्टुरेन्ट हाउसले गरेकाे थियोे।

समुदायको स्वास्थ्यप्रति दूतावासले अघि सारेको अभियानमा सहयोग गर्न हिमालयन हाउसले देखाएको निस्वार्थ भावना सभ्य समाज निर्माणतर्फ‌ ठूलो प्रेरणा बन्न पुगेको छ। स्वास्थ्य शिविर सञ्चालन भएको स्थलमै उपस्थित भई रेस्टुरेन्टका प्रतिनिधिहरूले निरन्तर रूपमा सहभागीहरूलाई सेवा प्रदान गरेका थिए।

नेपाली समुदायबीच मात्र होइन, कुवेतमा विविध समुदायका बीच पनि परिचित बन्दै गएको हिमालयन हाउस यतिवेला आफ्नो स्वादिलो भोजनका साथै सामाजिक सेवाप्रतिको सक्रियताका कारण अझै चर्चामा आएको छ। प्रवासी नेपालीहरूलाई आवश्यक परेका बेला हातेमालो गर्न तत्पर रहने यो संस्थाको कार्यलाई सहभागीहरू र दूतावासका प्रतिनिधिहरूले उच्च प्रशंसा गरेका छन्।

नेपाली समुदायका लागि निरन्तर सकारात्मक कार्य गर्दै आएको हिमालयन हाउसले भविष्यमा पनि यस्ता सहयोगी पहलहरू अघि बढाइरहने प्रतिबद्धता व्यक्त गरेको छ।

कुवेतमा बसोबास गर्ने नेपालीहरूका बीच हिमालयन रेस्टुरेन्ट हाउसले स्वाद, सेवा र आफ्नोपनाका कारण तीव्र लोकप्रिय बन्दै गएको छ। परदेशको व्यस्त जीवनमा घरको झझल्को दिलाउने नेपाली स्वाद खोज्नेहरूका लागि यो रेस्टुरेन्ट एक उत्कृष्ट गन्तव्यका रूपमा स्थापित हुँदैछ।

घरायसी स्वादका परिकार, सफा वातावरण, छरितो सेवा र ग्राहकप्रतिको आत्मीय व्यवहारले जो–कसैलाई पनि लोभ्याउँछ। दाल–भात, मस्यौरा, गुँद्रुक–भात, सेल रोटी, मोमो, चाउमिनदेखि लिएर खसी, कुखुरा र माछाका विभिन्न परिकारसम्म सबैमा नेपाली परम्परागत स्वादको अनुभूति गराउन सफल रहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...