News Portal

निःशुल्क स्वास्थ्य क्याम्पमा हिमालयन रेस्टुरेन्ट हाउसको सहयोग

४१७ पटक

कुवेत – कुवेतमा नेपाली समुदायबीच लोकप्रिय हुँदै गएको हिमालयन हाउस ले प्रशंसनीय सामाजिक उत्तरदायित्व प्रदर्शन गरेको छ। नेपाली दूतावास कुवेतले आयोजना गरेको निःशुल्क स्वास्थ्य जाँच (Free Health Check-up) कार्यक्रममा हिमालयन रेस्टुरेन्ट हाउसले सहभागी सबैका लागि निःशुल्क कफी, चिया, पानी र बिस्कुट उपलब्ध गराएर उल्लेखनीय काम गरेकाे छ।नेपाली दूतावास कुवेत तथा मेट्रो मेडिकल ग्रुपको संयुक्त आयोजनामा गरिएको निःशुल्क स्वास्थ्य चेकअप चेकजाँच फ्री हेल्थ क्याम्पमा उपस्थिति महानुभावहरूको लागि निःशुल्क निःशुल्क कफी, चिया, पानी र बिस्कुट हिमालयन रेस्टुरेन्ट हाउसले गरेकाे थियोे।

समुदायको स्वास्थ्यप्रति दूतावासले अघि सारेको अभियानमा सहयोग गर्न हिमालयन हाउसले देखाएको निस्वार्थ भावना सभ्य समाज निर्माणतर्फ‌ ठूलो प्रेरणा बन्न पुगेको छ। स्वास्थ्य शिविर सञ्चालन भएको स्थलमै उपस्थित भई रेस्टुरेन्टका प्रतिनिधिहरूले निरन्तर रूपमा सहभागीहरूलाई सेवा प्रदान गरेका थिए।

नेपाली समुदायबीच मात्र होइन, कुवेतमा विविध समुदायका बीच पनि परिचित बन्दै गएको हिमालयन हाउस यतिवेला आफ्नो स्वादिलो भोजनका साथै सामाजिक सेवाप्रतिको सक्रियताका कारण अझै चर्चामा आएको छ। प्रवासी नेपालीहरूलाई आवश्यक परेका बेला हातेमालो गर्न तत्पर रहने यो संस्थाको कार्यलाई सहभागीहरू र दूतावासका प्रतिनिधिहरूले उच्च प्रशंसा गरेका छन्।

नेपाली समुदायका लागि निरन्तर सकारात्मक कार्य गर्दै आएको हिमालयन हाउसले भविष्यमा पनि यस्ता सहयोगी पहलहरू अघि बढाइरहने प्रतिबद्धता व्यक्त गरेको छ।

कुवेतमा बसोबास गर्ने नेपालीहरूका बीच हिमालयन रेस्टुरेन्ट हाउसले स्वाद, सेवा र आफ्नोपनाका कारण तीव्र लोकप्रिय बन्दै गएको छ। परदेशको व्यस्त जीवनमा घरको झझल्को दिलाउने नेपाली स्वाद खोज्नेहरूका लागि यो रेस्टुरेन्ट एक उत्कृष्ट गन्तव्यका रूपमा स्थापित हुँदैछ।

घरायसी स्वादका परिकार, सफा वातावरण, छरितो सेवा र ग्राहकप्रतिको आत्मीय व्यवहारले जो–कसैलाई पनि लोभ्याउँछ। दाल–भात, मस्यौरा, गुँद्रुक–भात, सेल रोटी, मोमो, चाउमिनदेखि लिएर खसी, कुखुरा र माछाका विभिन्न परिकारसम्म सबैमा नेपाली परम्परागत स्वादको अनुभूति गराउन सफल रहेको छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...