News Portal

  • दुधौरा पुल पुसभित्र सकिने तयारी, सडक निर्माणमा भने ढिलाइ कायम

    ५८ पटक

    काठमाडौं, मंसिर २६ – पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डमा परेका बाराको दुधौरा पुल निर्माण अन्ततः पुस महिनाभित्र सकिने भएको छ। वर्षौंदेखि अलपत्र परेको पुलका कारण यात्रीले भोगिरहेको समस्या बुझ्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले शुक्रबार स्थलमै पुगेर निर्माण अवस्थाको समीक्षा गरे।

    निरीक्षणका क्रममा उनले पुल नजिकै रहेको ११ केभी विद्युत् लाइनले काममा कुनै बाधा नपर्ने स्पष्ट गर्दै अब काम रोकिने ठाउँ नरहेको बताए। पुल निर्माणका जिम्मेवार महादेव खिम्ती–हिराचन उपक्रम (जेभी)का प्रतिनिधि रवि सिंहले पनि पछिल्लो म्यादभित्रै पुल भौतिकरूपमा तयार पारेर विभागलाई बुझाउने प्रतिबद्धता जनाए।

    २०७५ असारमा १७ करोड २२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको चार लेनको ९० मिटर कंक्रिट पुल हाल ८५ प्रतिशत प्रगति अवस्थामा छ।

    यसैबीच, हुलाकी राजमार्गअन्तर्गत बाराको मनमत–कलैया–मटिरवा सडकले स्थानीयलाई झनै दुःख दिएको छ। मन्त्री घिसिङ उक्त सडक निरीक्षणका लागि कलैया पुगेका बेला स्थानीयबासिन्दाले सदरमुकाममै सडक बिग्रिएको कारण दिनदिनै सास्ती भोगिरहेको गुनासो सुनाए।

    करिब चार किलोमिटर सडक स्तरोन्नतिको ठेक्का २०७८ पुसमा २२ करोड ३१ लाखमा सम्झौता भएको हो। २०७९ माघभित्र काम सक्नुपर्ने भए पनि अहिले भौतिक प्रगति २० प्रतिशतमै अड्किएको छ। कमजोर कार्यसम्पादनका कारण सरकारले गत असोजमा ठेकेदारलाई सार्वजनिक स्पष्टीकरणसमेत मागेको थियो, तर अझै पनि कामले गति लिन नसकेको स्थानीयको तर्क छ।

    मन्त्री घिसिङले समस्या समाधान गरी सडक निर्माणलाई अघि बढाउने आश्वासन दिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दुधौरा पुल पुसभित्र सकिने तयारी, सडक निर्माणमा भने ढिलाइ कायम

    काठमाडौं, मंसिर २६ – पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डमा परेका बाराको दुधौरा पुल निर्माण अन्ततः पुस महिनाभित्र...

    युवा नेतृत्व बिना राजनीति अघि बढ्दैन : मन्त्री खरेल

    काठमाडौं, मंसिर २६ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली राजनीति अब नयाँ पुस्ताको हातमा...

    प्रधानमन्त्री कार्कीले आज चार मन्त्री थप्दै, मन्त्रिपरिषद् १४ सदस्यीय बन्दै

    काठमाडौं, मंसिर २६ – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। आज...

    युवा शक्ति कुवेतद्वारा पहिलो पटक सरकारी स्वीकृतिसहित सालमिया साइट क्षेत्रमा सफाई अभियान सुरु

    कुवेत सिटी– कुवेत सामाजिक सेवामा सक्रिय युवा शक्ति कुवेतले कुवेत सरकारअन्तर्गतको स्थानीय नगरपालिका (Municipality) बाट आधिकारिक...

    आज २०८२ साल मंसिर २६ गतेको राशिफल

    आज मंसिर २६, २०८२ (डिसेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...