News Portal

धादिङका एलिजर तामाङ संघीय चुनावमा उम्मेदवारी दिने

५४६ पटक

धादिङ – धादिङ जिल्ला गङ्गा जमुना गाउँपालिका–१ निवासी समाजसेवी एलिजर तामाङले आगामी फागुन २१ गते हुने संघीय संसद् चुनावमा उम्मेदवारी घोषणा गरेका छन्। उहाँले उत्तरी धादिङका सम्पूर्ण मतदातालाई साथ र विश्वास सहित भोट प्रदान गर्न हार्दिक अनुरोध गरेका छन्।

एलिजर तामाङ घुसखोरी, भ्रष्टाचार तथा सामाजिक विकृति–विसंगतिविरुद्ध वर्षौंदेखि एक्लै आवाज उठाउँदै आएका एक साहसी व्यक्तित्वका रूपमा परिचित छन्। २०७२ सालको विनाशकारी भूकम्पपछि राहत तथा उद्धारमा उहाँको सक्रियता अत्यन्तै चर्चित बनेको थियो। गाउँवासीलाई सहयोग पुर्‍याउने, विपद्बाट जोगाउने तथा आवश्यक सामाग्री वितरणमा उहाँ अग्रपंक्तिमा देखिएका थिए।

समाजसेवा र जनचेतनामा निरन्तर सक्रिय तामाङले कोभिड–१९ को कठिन समयमा समेत अक्सिजन उपकरण, औषधि तथा अत्यावश्यक सामाग्री गाउँ–गाउँ पुर्‍याउँदै उल्लेखनीय योगदान दिएका थिए। उत्तर धादिङबासी कोही काठमाडौंमा उपचारका लागि आएमा भेटेर मार्गदर्शन गर्ने, समस्यामा परेकाहरूलाई सम्बन्धित निकायमा पहल गरी सहयोग दिलाउने, वैदेशिक रोजगारमा फसेका युवाहरूको उद्धार गर्ने जस्ता उच्च मानवतावादी कार्यमा उहाँ निरन्तर सक्रिय रहँदै आएका छन्।

नेपालभरिका अल्पसंख्यक धार्मिक समुदायका हक–अधिकारका पक्षमा समेत उहाँले प्रभावशाली रूपमा वकालत गर्दै धेरैको मन जित्न सफल भएका छन्। उहाँको नयाँ राजनीतिक सोच ‘नेपालवाद, नेपालीतन्त्र र नेपाल राष्ट्रवाद’ मा आधारित रहेको बताइन्छ।

राष्ट्र निर्माणमा नयाँ, स्वच्छ र वैज्ञानिक नेतृत्व आवश्यक भएको बताउँदै तामाङले देशमा विद्यमान भ्रष्टाचार, भेदभाव, विभेद, शोषण, दमन, अन्याय, औपनिवेशिक सोच र संस्थागत कमजोरीहरू अन्त्य गर्दै समृद्ध, सुरक्षित, स्वतन्त्र, आत्मनिर्भर र स्वाभिमानी नेपाल निर्माण आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन्।

उनका अनुसार, नेपालको राजनीतिक भविष्य वैज्ञानिक सुधारवाद र समाजवादमा अडिनु जरुरी छ। “देशभक्तिको नाराले नेपाल बचाऔँ, हामी साराले”, “हिमाल, पहाड, तराई–मधेस, हामी सबै एक हौँ” भन्ने नारा उहाँको अभियानको मूल आत्मा बनेका छन्।

उत्तरिको जुझारु युवा, इमानदार सेवा–भावना र मूल्य–मान्यतामा दृढ तामाङ अब संघीय राजनीतिक भूमिकामा प्रवेश गर्दै नयाँ विकल्पका रूपमा प्रस्तुत हुनुभएको छ।

प्रतिकृया दिनुहोस्

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...