News Portal

नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह लागू गर्न मन्त्रालयको निर्देशन

२४५ पटक

काठमाडौं, असोज २७ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सरकारी, निजी, सामुदायिक अस्पताल र मेडिकल कलेजहरूलाई नर्सिङ तथा स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी दरभन्दा कम नदिन निर्देशन दिएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सबै स्वास्थ्य संस्थालाई नर्स र स्वास्थ्यकर्मीको न्यूनतम तलब तथा सुविधा सरकारी सरह लागू गर्न पत्राचार गरिएको छ। उनले भने, “यसअघि पनि निर्देशन दिइएको थियो तर कार्यान्वयन नभएको गुनासो आएपछि फेरि पत्र पठाइएको हो।”

हाल पोखरास्थित मणिपाल शिक्षण अस्पतालका नर्सहरूले सरकारले तोकेको पारिश्रमिक माग गर्दै आन्दोलन गरिरहेका छन्।

मन्त्रालयले तोकिएको कार्यसमयभन्दा बढी काम गर्ने स्वास्थ्यकर्मीलाई अतिरिक्त भत्ता उपलब्ध गराउने व्यवस्था गर्न पनि निर्देशन दिएको छ। साथै, करार प्रणाली बाहेक ज्यालादारीमा काम गराउन नपाइने, सक्कली शैक्षिक प्रमाणपत्र कार्यालयमा राख्न नहुने र तलब बैङ्किङ प्रणालीमार्फत मात्र वितरण गर्नुपर्ने पनि भनिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...