News Portal

नख्खु कारागारमा रहेका रवि लामिछानेको स्वास्थ्य परीक्षणमा भिटामिन ‘डी’को कमी

३६० पटक

काठमाडौं, भदौ ३ – रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्य परीक्षणका क्रममा भिटामिन ‘डी’को कमी देखिएको छ। सोमबार स्वास्थ्यमा असुविधा देखिएपछि उनलाई रगत परीक्षणका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको थियो।

ट्रमा सेन्टरका डा. जितेन्द्र यादवसहितको टोली नख्खु कारागारमै पुगेर रगतको नमुना संकलन गरेको थियो। परीक्षण रिपोर्ट अनुसार लामिछानेमा अन्य गम्भीर समस्या नभए पनि भिटामिन ‘डी’को स्तर आवश्यक भन्दा कम रहेको पुष्टि भएको छ।

अस्पताल स्रोतका अनुसार खानपानमा असन्तुलन हुनु वा पर्याप्त घाममा नबस्नु यसको मुख्य कारण हुनसक्छ। चिकित्सकहरू मंगलबारै नख्खु कारागार पुगेर उनलाई स्वास्थ्य परामर्श दिने तयारीमा छन्।

स्वास्थ्य विज्ञहरूको भनाइमा भिटामिन ‘डी’को कमीले हड्डी कमजोर बनाउने मात्र होइन, शरीरको रोग प्रतिरोधात्मक क्षमता घटाउने जोखिम पनि बढाउँछ। यसैगरी, यसको अभावले हातखुट्टा झम्झमाउने, असामान्य थकाइ र कपाल झर्ने जस्ता लक्षणहरू देखापर्न सक्ने सम्भावना रहन्छ।

लामिछानेलाई केही दिनअघि मात्र भैरहवा कारागारबाट स्थानान्तरण गरी नख्खु कारागार ल्याइएको हो। हाल उनी करिब चार सय कैदीबन्दी रहेको एक ब्लकमा बसिरहेका छन्।

 

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...