News Portal

दुर्गा प्रसाईंले घोषणा गरे नयाँ राजनीतिक दल खोल्ने तयारी

२५८ पटक

काठमाडौं, भदौ २ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छिट्टै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्। सोमबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले देशको बिग्रँदो अवस्थामा सुधार ल्याउन आफ्नै पहलमा दल गठन गर्न लागेको जानकारी दिएका हुन्।

उनका अनुसार वर्तमान दलहरूले मुलुकलाई संकटतर्फ धकेलिरहेका बेला राष्ट्रिय स्वाभिमान, स्थिर शासन र सुशासनको विकल्प आवश्यक रहेको देखिएकाले यस्तो कदम चालिएको हो। प्रसाईंले आफूले गठन गर्ने दलले रोजगारी सिर्जना, धर्म–संस्कृतिको संरक्षण, नागरिकको हक अधिकारको रक्षा र राष्ट्रहितलाई प्रमुख एजेण्डा बनाउने स्पष्ट पारे।

उनले हालको शासन प्रणालीभित्रै राजनीतिक शक्ति निर्माण गरेर मुलुकलाई सही दिशातर्फ अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...