News Portal

प्रधानमन्त्री ओलीको पहलः विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि सरकार सक्रिय

२८० पटक

काठमाडौं, भदौ २ – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्रोही हमास समूहले बन्धक बनाएका नेपाली युवा विपिन जोशीको शीघ्र र सुरक्षित रिहाइका लागि सरकार निरन्तर पहलमा जुटिरहेको स्पष्ट पारेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सन्देशमा प्रधानमन्त्री ओलीले विपिनको जीवन र सुरक्षालाई सरकारको पहिलो प्राथमिकतामा राखी आवश्यक सबै कूटनीतिक च्यानल सक्रिय पारिएको उल्लेख गरेका छन्।

उनका अनुसार परराष्ट्र मन्त्रालयमार्फत खाडी क्षेत्रका दूतावासहरू निरन्तर संवादमा छन् भने इजरायलस्थित नेपाली दूतावासको पहलमा विपिनकी आमा पद्मा र बहिनी पुष्पाले इजरायलका राष्ट्रपति आइज्याक हर्जोग र संसद् अध्यक्ष अमिर ओहानासँग प्रत्यक्ष भेट गरी रिहाइका लागि आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले यसअघि पनि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग फागुन २८ गते फोनमार्फत कुरा गर्दै विपिनसहित मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको सुरक्षाबारे चासो प्रकट गरिसकेको जानकारी गराए।

विपिनको परिवारलाई ढाडस दिँदै प्रधानमन्त्री ओलीले सरकार सदैव उनीहरूको साथमा रहेको बताए। साथै, इजरायलमा विपिनको सुरक्षाका लागि सक्रिय भूमिका निर्वाह गरिरहेका नेपाली समुदाय, स्थानीय नागरिक, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा सामाजिक अभियन्ताप्रति कृतज्ञता प्रकट गरे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...