News Portal

ओली–प्रचण्डले स्टालिनको बाटो समाते : बाबुराम भट्टराईको गम्भीर आरोप

३४८ पटक

काठमाडौं, साउन १६ – देशका दुई ठूला कम्युनिस्ट दलका नेताहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि पूर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले कडा आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले ओली र प्रचण्डले आफ्ना आलोचक तथा असहमति राख्ने नेताहरूलाई ‘स्टालिनकै शैली’मा पालैपालो राजनीतिक र सांगठानिक रूपमा सफाया गर्दै आएको टिप्पणी गरेका छन्।

उनको भनाइमा, “नेपालका कम्युनिस्ट मठाधीशहरूले आजभोलि भौतिक रूपमा होइन, तर संगठनिक ढंगले आफ्ना विरोधीहरूलाई हटाउने स्टालिन शैली अँगालेका छन्, जुन नेपालको राजनीतिक इतिहासको दुर्भाग्य हो।”

भट्टराईले स्पष्ट रूपमा औंल्याएका छन्– पार्टीभित्र प्रमुख नेताहरूको आलोचना गर्नेलाई आरोपको भारी बोकी बिदा गर्ने प्रवृत्ति दुवै पार्टीमा गहिरिँदै गएको छ। यस्तो परिपाटीले दलहरूभित्र आलोचनाको ठाउँ साँघुरिँदै गएको र लोकतान्त्रिक संस्कारमाथि गम्भीर प्रहार भएको उनी बताउँछन्।

‘ताली पिट्नेहरू पछि आँसु झार्ने दिन आउँछ’

भट्टराईले यस्ता प्रवृत्तिको आलोचना मात्रै गरेनन्, चेतावनी पनि दिए– “पार्टी सुप्रिमोले कुनै एक कमरेडलाई हटाउँदा ताली पिट्नेहरू, भोलि आफ्नै पालो आउँदा भने एक्लै आँसु झार्ने छन्। समयले सबैको हिसाब गर्छ।”

उनले पार्टीभित्र अझै पनि एकनायकी, नोकरशाही केन्द्रीकृत सोच हाबी रहेको उल्लेख गर्दै कम्युनिस्ट आन्दोलनभित्र आलोचनात्मक सोचको खडेरी आएको चिन्ता व्यक्त गरे।

नयाँ बाटोको खोजी गर्न आह्वान

“अब समय आएको छ– इतिहासबाट पाठ सिकेर, समाजवाद निर्माण र मानवजातिको समग्र उन्नयनको वैकल्पिक बाटो खोज्न र निर्माण गर्न। पुरानो ढर्राको राजनीति फेरि दोहोरिनु हुँदैन,” भट्टराईको स्पष्ट सन्देश छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...