News Portal

एनआरएनएको पहलमा युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने

३६९ पटक

काठमाडौँ। विदेशस्थित नेपाली दूतावासहरूमा फोन नउठ्ने र समयमा आवश्यक जानकारी नपाइने भन्ने गुनासो सुनिएको सन्दर्भमा समस्याको समाधानका लागि निर्माण गरिएको एआई च्याटबट र कल सेन्टर प्रणालीको काम अन्तिम चरणमा पुगेको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को पहलमा केही हप्ताभित्रै संयुक्त अरब इमिरेट्स (युएई)बाट पाइलट प्रोजेक्टको रूपमा उक्त सेवा सुरु गर्न लागिएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बीचको सहमतिमा ‘श्रम संसार’ एपमा एआई च्याटबट र कल सेन्टर प्रणालीलाई एकीकृत गर्ने कार्य अन्तिम चरणमा पुगेको एनआरएनएका अध्यक्ष महेश कुमार श्रेष्ठले जानकारी दिए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी र मन्त्रालयको प्राविधिक टोली समक्ष एनआरएनएको प्राविधिक टोली (टेक्निकल टिम) ले प्रणालीको नमुना ‘डेमो’ प्रस्तुत गरेको थियो।

मन्त्री भण्डारीसँगको छलफलमा यो प्रणालीलाई पाइलट प्रोजेक्टको रूपमा युएईबाट सुरु गरी क्रमशः अन्य देशहरूमा विस्तार गर्ने सहमति भएको एनआरएनएका कोषाध्यक्ष ठाकुर प्रसाद ढुङ्गानाले बताए।

‘श्रम संसार’ एपमा एआई च्याटबट र कल सेन्टर प्रणाली एकीकृत भएपछि दूतावासहरूमा फोन नउठ्ने समस्याको समाधान हुने अपेक्षा गरिएको छ। डिजिटल प्रणालीमार्फत विदेशमा रहेका नेपालीहरूले टेलिमेडिसिन, स्वास्थ्य शिक्षा, परामर्शलगायत विभिन्न समस्याहरूको समाधान हुन सक्ने एनआरएनए अध्यक्ष श्रेष्ठले बताए।

साथै जनशक्ति अभावमा पनि काम गर्न सहज हुने बताउँदै त्यसका लागि लाग्ने लागत एनआरएनले व्यहोर्ने पनि जनाइएको छ।

सो अवसरमा मन्त्री भण्डारीले संसारभर रहेका नेपालीहरूको सेवा गर्नु नेपाल सरकारको दायित्व भएको बताउँदै यसलाई चाँडै नै सार्वजनिक गरेर सेवा सुरु गर्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गरे। प्रणालीलाई एकीकृत गर्नका लागि सबै दूतावासहरूसँग परराष्ट्र मन्त्रालयमार्फत आफूले समन्वय गर्ने पनि उनले स्पष्ट पारे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...