News Portal

खाद्यविद् बरालको `म:म:का पाइलाहरु´को विमोचन

५१३ पटक

लण्डन। बेलायतलाई कार्यथलो बनाएका चर्चित सेफ विनोद बरालद्वारा लिखित`म:म:का पाइलाहरु´को विमोचन सम्पन्न भएकोछ।

बरालको पुस्तक लण्डनस्थित बिजनेश डिजाइन सेन्टरको`दि नेशनल जियाेग्राफिक ट्राभलर फुड फेस्टिभल´मा विमोचन भएको हो।

साहित्यकार युवराज नयाँघरे, समाजसेवी तथा सामाजिक अभियन्ता नवीन गुरुङ, उद्यमी जनक राई तथा मदिराविद् तारा वाइबनले कृति संयुक्त रुपमा विमोचन गरेका थिए।

विमोचनपछि साहित्यकार युवराज नयाँघरेले भने,`हरेक परिकारसँगै देश, संस्कृति र आफनो मौलिकता पनि सँगै जाने गर्छ। यो कृति मार्फत नेपाली पहिचान र गौरव पनि साथै आएको छ।` नेपाली जनजातिका अन्य निकै खाना, परिकार र खाद्य स्वादका इतिहास जोगाउन यस्ता कृतिले उल्लेख्य भूमिका खेल्ने छन्।´

कार्यक्रममा लेखक बरालले आफू नेपाली परिकार अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सधैं क्रियाशील भइरहने बताए।

अभियन्ता गुरुङ, उद्यमी वाइबन, राईले कृति सफलताका लागि शुभकामना दिए। कार्यक्रमको आयोजकमा मो: मो: फाउन्डेसन र सहआयोजकमा सरस्वती केन्द्र नेपाल रहेको थियो।

पोखरामा जन्मिएका बराल लामो समयदेखि लण्डनमा बस्दै आएका छन्। बेलायतमा रहेर पनि समाजसेवा र नेपाली समुदायकाे सहयोगका लागि उनी उत्तिकै क्रियाशील छन्।

जुम्बारा तथा मोमो एण्ड रोटी रेस्टुरेन्टहरुका सह संस्थापक बराल बिनोद बराल स्कुल अफ हस्पिटालिटीका संस्थापक पनि हुन्। सन् २०२२ मा कतारमा अयोजित फिफा विश्व कपमा खेलाडीहरुलाई खाना बनाएर खुवाएका उनी ‘ग्लोबल गुडविल एम्बेसडर’ पनि हुन्।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...