News Portal

  • आर्थिक अभावका कारण २ वर्षीया छोरी बचाइदिन आग्रह

    ६३ पटक

    रबिन्द्र बराल/ मोरङ, असार १३ – मोरङको कानेपोखरी–२, दलेलीस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका पाण्डे ऋषिदेवकी दुई वर्षीया छोरी प्रमिला ऋषिदेव विगत दुई महिनादेखि पेट फुल्ने रोगले पीडित छिन्। अभावका कारण सानो बालिका रोगले ग्रसित शरीर लिएर बस्न बाध्य भएकी छिन्।

    पाण्डे ऋषिदेवका अनुसार उनी चार सदस्यीय परिवार — श्रीमती र दुई छोरीसहित — लाई ज्यालामजदुरी गरेर पालिरहेका छन्। तर, कान्छी छोरीको उपचारका लागि आवश्यक आर्थिक स्रोत नभएकाले दुई महिनादेखि छोरीको उपचार गराउन सकिरहेका छैनन्।

    असार ९ गते प्रमिलालाई कानेपोखरी अस्पताल लगिएको थियो, तर उपचार सम्भव नभएपछि डाक्टरले रंगेली अस्पतालमा लैजान सुझाव दिएका थिए। पाण्डे ऋषिदेव भन्छन्, “मसँग न उपचार गर्न पैसा छ, न त बस्नका लागि राम्रो घर नै छ। घरमै काम गरेर परिवार पाल्नुपर्छ, यस्तोमा छोरीको उपचार कसरी गरौं? मलाई अहिले भयानक बज्रपात परेझैँ भएको छ।”

    उनका अनुसार प्रमिलाले अहिले केही मात्रामा पानी र तरकारी मात्र खान सक्छे, अरु कुनै खानेकुरा खान सक्दिन। घरको अवस्था झनै दयनीय छ — ओछ्यानका लागि एउटा बोरा र केही कपडामात्र छन्। एउटा खाट पनि छैन। गर्मीको समयमा सर्पको डरले रातभरि सुत्न नपाएर परिवारको सुरक्षा गर्नुपर्ने बाध्यता रहेको उनले बताए।

    स्थलगत रिपोर्टिङका क्रममा हाम्रो टोलीले देखेअनुसार उक्त परिवार दुई छाक खानसमेत कठिनाइमा छन्। अहिले प्रमिलाको निशुल्क उपचारका लागि रंगेली अस्पतालमा पहल भइरहेको छ। तर, औषधि खरिद तथा अन्य अस्पतालमा रेफर गर्नु परे थप आर्थिक सहयोगको खाँचो पर्ने देखिन्छ।

    जोसुकैको पनि सानो सहयोगले सानी प्रमिलाको जीवन बच्न सक्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    सिन्धुपाल्चोकमा बालिकाको सामूहिक बलात्कार पछि हत्या, पाँच जना युवक पक्राउ

    काठमाडौं, असार १३ – सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गतको छ्याङ्दी जङ्गल क्षेत्रमा असार ११ गते एक...

    अमेरिकी आक्रमण निष्प्रभावी रह्यो : सर्वोच्च नेता खामेनीको टिप्पणी

    तेहेरान, असार १३ – इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकाले इरानको आणविक कार्यक्रमलाई लक्षित...

    आर्थिक अभावका कारण २ वर्षीया छोरी बचाइदिन आग्रह

    रबिन्द्र बराल/ मोरङ, असार १३ – मोरङको कानेपोखरी–२, दलेलीस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका पाण्डे...

    सरकारमा कुनै खालको समस्या छैन, गृहमन्त्रीविरुद्धको आरोप निराधार : देउवा

    चितवन, असार १३ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारभित्र कुनै गम्भीर समस्या...

    एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, बोर्ड बैठकपछि मिति तय हुने

    काठमाडौं, असार १३ – माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अब छिट्टै सार्वजनिक हुने तयारीमा...