News Portal

रंगेलीका सुनचाँदी व्यवसाय ५ दिनदेखि बन्द

३५३ पटक

रविन्द्र बराल/ मोरङ, असार २ – सरकारले सुनचाँदीमा अनावश्यक रुपमा कर लगाएको विरोधमा रंगेलीका सुनचाँदी व्यवसायीहरू जेष्ठ ३० गतेदेखि आन्दोलनमा उत्रिएका छन्। सुनचाँदी व्यवसायी संघको अगुवाइमा गत बिहीबारदेखि रंगेलीका सबै सुनचाँदी पसल बन्द गरिएका हुन्।

सरकारले नयाँ बजेटमार्फत सुनमा २ प्रतिशत विलासिता कर र हिरा-पत्थरमा १३ प्रतिशत कर लगाउने निर्णय गरेपछि व्यवसायीहरू आन्दोलित भएका छन्। यही करको विरोधमा पाँच दिनदेखि सुनचाँदी व्यवसाय ठप्प छ।

व्यवसायीहरूले सरकारले तत्काल यो कर खारेज गर्नुपर्ने माग राखेका छन्। सुनचाँदी व्यवसायी संघ मोरङको निर्देशनमा अहिले मोरङ जिल्लाका सम्पूर्ण सुनचाँदी पसल बन्द रहेका छन्।

सरकारले सुनको भन्सार शुल्क ६ प्रतिशत कायम गर्नुपर्ने र सुनचाँदी कारोबारका लागि स्पष्ट नीति र नियमावली बनाइनुपर्ने माग व्यवसायीहरूको छ। विरोधमा सहभागी रंगेलीस्थित विराट लक्ष्मी सुनचाँदी पसलका सञ्चालक आकाश सोनीले भने, ‘सरकारले सुनचाँदी व्यवसायीको समस्यालाई बेवास्ता गरेकाले हामी आन्दोलनमा उत्रिएका हौं।’

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...