News Portal

सुनचाँदी व्यवसायीहरू सडकमा : करको बोझ हटाउन माग

२५१ पटक

काठमाडौं, असार २ – नेपालभरका सुनचाँदी व्यवसायीहरू सरकारले लगाएको नयाँ कर संरचनाविरुद्ध आक्रोशित बन्दै आज राजधानी काठमाडौंमा सडकमा उत्रिएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघको संयुक्त पहलमा उनीहरूले सटरमा ताला लगाउँदै विरोध प्रदर्शन गरेका हुन्।

आन्दोलनमा व्यवसायीहरू मात्र नभई उनीहरूका साथमा कालिगढ र मजदुरहरू समेत सहभागी थिए। सबैको एउटै आवाज थियो— ‘अत्यधिक करको बोझ अब सहन सकिन्न।’

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले सुनचाँदीमा २ प्रतिशत विलासिता कर र रत्न तथा बहुमूल्य पत्थरहरूमा १३ प्रतिशत कर लगाउने निर्णय गरेको छ। व्यवसायीहरूका अनुसार यस्ता करहरूले आभूषण क्षेत्रमा गहिरो असर पार्नेछ। ‘व्यापार नै धराशायी बन्ने खतरा देखिएको छ,’ उनीहरूको भनाइ छ।

व्यवसायीहरू कर फिर्ता नभए चरणबद्ध आन्दोलन गर्ने तयारीमा रहेको बताएका छन्। ‘व्यापार गर्ने कि ताला लगाउने? विकल्प छैन,’ आन्दोलनमा सहभागी एक व्यवसायीले भने।

सरकारले चाँडै माग सम्बोधन नगरे देशव्यापी रुपमा आन्दोलन फैलिने चेतावनी समेत उनीहरूले दिएका छन्।

प्रतिकृया दिनुहोस्

खाडी क्षेत्रमा युद्धको छायाँ, कुवेतमा अमेरिकी सैन्य विमान दुर्घटना

इरान र इजरायलबीचको चर्किंदो सैन्य तनावले खाडी क्षेत्रको सुरक्षा अवस्था थप अस्थिर बन्दै गएको छ।...

कवेतमा उच्च सतर्कता, जनजीवन सामान्य

कुवेत – पछिल्ला दिनहरूमा इरान, इजरायल र संयुक्त राज्य अमेरिका बीच चर्किएको सैन्य तनावले सम्पूर्ण...

मध्यपूर्वमा तनाव चर्किने संकेत, कुवेतमा मिसाइल र ड्रोन आक्रमण विफल

कुवेत — मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कुवेतमा इरानद्वारा गरिएको मिसाइल तथा ड्रोन आक्रमणलाई यहाँका...

भोलि राति नेपालबाट खण्डग्रास चन्द्रग्रहण देखिने

काठमाडौं, फागुन १८ – मंगलबार राति नेपालबाट खण्डग्रास चन्द्रग्रहण अवलोकन गर्न सकिने भएको छ। नेपाल...

रौतहटमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

रौतहट, फागुन १८ — रौतहटको राजपुर नगरपालिका–५ स्थित मुख्य सडकमा सोमबार बिहान फेला परेको शंकास्पद...