News Portal

फेसबुकमा आत्महत्या गर्ने संकेत दिएका डा. केशव श्रेष्ठ बालाजुमा सकुशल फेला, प्रहरी नियन्त्रणमा

२९४ पटक

काठमाडौं, असार २ –  सामाजिक सञ्जालमा आत्महत्या गर्ने संकेतपूर्ण स्टाटस लेखेर हराएका डा. केशव श्रेष्ठ अन्ततः बालाजुमा सकुशल अवस्थामा भेटिएका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएर अहिले थप अनुसन्धानका लागि भद्रकालीस्थित प्रहरी परिसर ल्याउँदै गरेको छ।

प्रहरी स्रोतका अनुसार श्रेष्ठ बालाजु क्षेत्रको एउटा घर वा होटलमा रहेको अवस्थामा फेला परेका हुन्। प्रारम्भिक अनुसन्धानमा उनले आफू आत्महत्या गर्नका लागि डोरी खोजिरहेको बयान दिएका छन्।

यसअघि उनले फेसबुकमा निकै भावुक स्टाटस लेख्दै आफन्त, साथीभाइ र सबैसँग क्षमायाचना गरेका थिए। सामाजिक सञ्जालमा उक्त स्टाटस सार्वजनिक भएपछि उनको खोजी कार्य तीव्र बनाइएको थियो।

अहिले प्रहरीको निगरानीमा रहेका श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...