News Portal

राप्रपाको घोषणा : असार १ गतेको संसद भत्ता नलिने

२६५ पटक

काठमाडौं, असार २ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले असार १ गते बसेको प्रतिनिधि सभाको बैठक भत्ता नलिने निर्णय गरेको छ। बैठकमा उपस्थित भइसकेपछि प्राप्त हुने भत्ता सरकारी राजस्वमा फिर्ता गर्न संसद सचिवालयलाई पत्र पठाउँदै राप्रपाले यस्तो निर्णय सार्वजनिक गरेको हो।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संघीय संसद सचिवालयका महासचिवलाई पत्र लेख्दै असार १ गतेको बैठकमा सहभागी भइए पनि त्यसवापत प्राप्त हुने भत्ता अस्वीकृत गर्ने जानकारी गराएका छन्। पत्रमा भनिएको छ, “राष्ट्रिय प्रजातन्त्र पार्टीले मिति २०८२ असार १ गते बसेको प्रतिनिधि सभाको बैठक बहिष्कार गरेको सबैलाई थाहा छ। भिजिट भिसा प्रकरणमा संसदमा अवरोध भइरहेको बेलामा सरकारले जबर्जस्ती बैठक संचालन गर्नु अनुचित ठहर गरी हाम्रो पार्टीले बैठक बहिष्कार गरेको हो। यस्तो अवस्थामा त्यो बैठकको भत्ता लिनु नैतिक र सैद्धान्तिक रूपमा उचित नहुने निष्कर्षमा पुग्यौं।”

राप्रपाले संसद सचिवालयसँग उक्त दिनको भत्ता राजस्वमा फिर्ता गर्न आवश्यक व्यवस्था मिलाइदिन अनुरोध गरेको छ। प्रमुख सचेतक शाहीद्वारा पठाइएको पत्रमा स्पष्ट उल्लेख छ, “उक्त दिनको बैठक भत्ता उपलब्ध नगराइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।”

भिजिट भिसा प्रकरणलाई लिएर राप्रपाले संसदमा आवाज उठाउँदै आएको छ। यही विषयमा सरकारको उपेक्षापूर्ण रवैयाको विरोधस्वरूप बैठक बहिष्कार गरिएको र त्यसैले भत्ता अस्वीकार गर्ने निर्णय गरिएको राप्रपाले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...