News Portal

गायक रमेशराज भट्टराई साङ्गीतिक कार्यक्रमका लागि युरोप आउँदै

३५७ पटक

पोर्चुगल, असार २ — पछिल्लो समयका चर्चित आधुनिक तथा लोकदोहोरी गायक रमेशराज भट्टराई साङ्गीतिक कार्यक्रमका लागि युरोप आउन लागेका छन्। फिनल्यान्डमा रहेको चौतारी इभेन्टद्वारा आयोजना गरिने कार्यक्रममा सहभागी हुन उनी युरोप आउने भएका हुन्।

युरोप भ्रमणको क्रममा भट्टराईले पोर्चुगल, स्पेन, फिनल्यान्ड, बेल्जियम, चेक रिपब्लिक लगायतका विभिन्न देशमा आफ्ना सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ।

पछिल्लो समय स्वदेश तथा विदेशमा बराबरी सक्रिय रहेका भट्टराई पहिलोपटक साङ्गीतिक कार्यक्रमका लागि युरोप आउन लागेका हुन्।

उनको युरोप भ्रमणअन्तर्गत पहिलो सांगीतिक कार्यक्रम फिनल्यान्डमा आगामी जुलाई ५ तारिखमा आयोजना हुने तय भएको छ। अन्य देशहरूमा हुने कार्यक्रमहरूको मिति भने तय हुन बाँकी रहेको आयोजकले जानकारी दिएको छ।

आधुनिक, लोकदोहोरी तथा अन्य बिधाका गीतमा पोख्त रमेशराज भट्टराई स्टेज तताउने भर्सेटाइल गायकमध्ये एक मानिन्छन्। बेलायत, अष्ट्रेलिया, जापान, हङकङ, दुबई लगायतका देशहरूमा उनी अघिपनि सफल प्रस्तुति दिइसकेका छन्।

‘बेहुला बनाउछु भन्थी, बहुला बनार गई’, ‘आज पनि पापी सहरमा बबाल भो बबाल भो’, ‘तिमी लास्टै राम्री छ्यौ र पो म फिदा भाको छु’, ‘टन्न पैसा कमाउला भन्थ्यौ, सुखै सुखमा रमाउला भन्थ्यौ’, ‘राजा राजा भन्थी, बाजा बजाएर गई’, ‘होलीमा अरे होलीमा, मेरो दिल बस्यो कान्छीको मिठो बोलीमा’, ‘खुट्टा भए जुत्ता छानीछानी पाइन्छ यो बजारमा’ जस्ता थुप्रै लोकप्रिय गीतले गायक भट्टराईलाई थप स्थापित बनाएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...