News Portal

सानो पाइला सहकारी ठगी काण्ड : रवि लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा, ५ करोडभन्दा बढी बिगो माग

३११ पटक

काठमाडौं, असार १ — वीरगञ्जस्थित सानो पाइला सहकारी घोटाला प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित २९ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ। उनीहरूमाथि ५ करोड ७४ लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।

सहकारी ऐन विपरीत गैरसदस्यलाई ऋण प्रवाह गरी ठूलो परिमाणमा रकम अपचलन गरिएको आरोप उनीहरूमाथि लागेको छ। मुद्दामा सानो पाइला सहकारीले करिब १ अर्ब ३२ करोड रुपैयाँ अपचलन गरेको दाबी गरिएको छ।

यो प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय पर्सामा मुद्दा दर्ता गरिएको हो। प्रहरीले यसअघि नै १४ वैशाखमा अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइसकेको थियो।

हाल रवि लामिछाने रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा थुनामा छन्।

सानो पाइला सहकारीका संरक्षक जीबी राई हुन्। उक्त सहकारीले वीरगञ्ज उपमहानगरपालिकाका वडा नम्बर ८, १३, १४, १८ र १९ मा कार्यक्षेत्र राखेर करिब ८ सय सदस्यहरूको १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी बचत संकलन गरेको थियो। तर सहकारीले ती नियमविपरीत वीरगञ्ज बाहिरका व्यक्तिहरूलाई ऋण दिँदै करोडौं रकम अपचलन गरेको आरोप छ।

सहकारीबाट सञ्चालक राईको नेचर हब इन्टरनेसनलाई १ करोड ३७ लाख, नेचर नेष्ट प्रालिलाई १ करोड ८५ लाख र स्प्रिङ वुड रियल स्टेटलाई १ करोड १ लाख रुपैयाँ कर्जा प्रवाह गरिएको खुलासा भएको छ। बचतकर्ताहरूले अहिले आफ्नो निक्षेप फिर्ता पाउन संघर्ष गरिरहेका छन्।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...