News Portal

टिकटकमार्फत जातीय विभेद भड्काउने युवती पक्राउ

२९७ पटक

काठमाडौं, असार १ – सामाजिक सञ्जाल टिकटक प्रयोग गरेर जातीय तथा साम्प्रदायिक भावना भड्काउने र प्रतिष्ठित व्यक्ति तथा संस्थामाथि भ्रामक आरोपहरू लगाउँदै आएकी एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

साइबर ब्युरो, काठमाडौंको टोलीले खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका–६ स्थायी घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया रमा बस्नेतलाई पक्राउ गरेको हो। प्रहरीले जनाएको अनुसार बस्नेतले सामाजिक सञ्जालमा नियोजित ढंगले संवेदनशील विषयवस्तुहरू प्रस्तुत गर्दै समुदायबीच द्वन्द्व निम्त्याउने प्रयास गर्दै आएकी थिइन्।

उनले प्रतिष्ठित व्यक्तित्व र संस्थाहरूलाई लक्ष्यित गरी निराधार आरोप र भ्रमपूर्ण सामग्री सार्वजनिक गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रविधिगत विश्लेषणबाट प्रमाणित भएपछि उनलाई आइतबार भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ।

बस्नेतविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसार मुद्दा दर्ता गरिएको छ। उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएपछि अदालतले तीन दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए।

घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।

प्रतिकृया दिनुहोस्

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...