News Portal

  • टिकटकमार्फत जातीय विभेद भड्काउने युवती पक्राउ

    १९३ पटक

    काठमाडौं, असार १ – सामाजिक सञ्जाल टिकटक प्रयोग गरेर जातीय तथा साम्प्रदायिक भावना भड्काउने र प्रतिष्ठित व्यक्ति तथा संस्थामाथि भ्रामक आरोपहरू लगाउँदै आएकी एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    साइबर ब्युरो, काठमाडौंको टोलीले खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका–६ स्थायी घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया रमा बस्नेतलाई पक्राउ गरेको हो। प्रहरीले जनाएको अनुसार बस्नेतले सामाजिक सञ्जालमा नियोजित ढंगले संवेदनशील विषयवस्तुहरू प्रस्तुत गर्दै समुदायबीच द्वन्द्व निम्त्याउने प्रयास गर्दै आएकी थिइन्।

    उनले प्रतिष्ठित व्यक्तित्व र संस्थाहरूलाई लक्ष्यित गरी निराधार आरोप र भ्रमपूर्ण सामग्री सार्वजनिक गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रविधिगत विश्लेषणबाट प्रमाणित भएपछि उनलाई आइतबार भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ।

    बस्नेतविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसार मुद्दा दर्ता गरिएको छ। उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएपछि अदालतले तीन दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए।

    घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १५ गतेको राशिफल

    आज असोज १५, २०८२ (अक्टोबर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कञ्चनपुरमा बोलेरो जिप दुर्घटना, दुई वर्षीया बालिकाको मृत्यु

    कञ्चनपुर, असोज १४ – कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा मंगलबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा दुई वर्षीया...

    गुल्मीमा नाबालिकामाथि बलात्कारको आरोपमा युवक पक्राउ

    गुल्मी, असोज १४ – गुल्मीमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ...

    आर्यतारा शाक्य नयाँ कुमारीमा चयन, कुमारीघर प्रवेश

    काठमाडौं, असोज १४ – काठमाडौंको ढल्कोकी आर्यतारा शाक्यलाई नयाँ जीवित देवी कुमारीको रूपमा चयन गरिएको...

    युवा संघको आपत्ति : ओलीको राहदानी रोक्ने निर्णयप्रति विरोध

    काठमाडौँ, असोज १४ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष...