News Portal

कुलेश्वरबाट अक्सिजन सिलिण्डरभित्र ट्रामाडोल ओसार्ने दुई जना पक्राउ

३४६ पटक

काठमाडौं, असार १ – अक्सिजन सिलिण्डरको आडमा लागुऔषध ओसारपसार गरिरहेका दुई जना काठमाडौंको कुलेश्वरबाट पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण अभियानअन्तर्गत विशेष सूचनाको आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेहरूमा नुवाकोट स्थायी घर भई हाल काठमाडौंको बल्खुमा बस्दै आएका २६ वर्षीय राजु मिजार र २४ वर्षीया मीना मगर रहेका छन्। शुक्रबार कुलेश्वरबाट भारतीय नम्बर प्लेट युपी ७८ सिबी ९८३५ भएको गाडी जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।

गाडीभित्र अक्सिजन सिलिण्डर राखिएको देखिएपछि शंका लागि प्रहरीले सिलिण्डर खोलेको थियो। खोल्दा ८ हजार २ सय ९० फायल ट्रामाडोल नामक लागुऔषध फेला परेको प्रहरीले जनाएको छ। साथै, उनीहरूबाट ६५ हजार रुपैयाँ नगद पनि बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनामाथि लागुऔषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...