News Portal

काठमाडौँको बूढानीलकण्ठमा दुई जना मृत फेला, घटनामा रहस्यमय पाटो — अनुसन्धानमा जुट्यो प्रहरी

४०५ पटक

काठमाडौँ, असार १ – राजधानीको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटस्थित एक घरभित्र दुई जनाको शव फेला परेपछि स्थानीय क्षेत्रमा सनसनी फैलिएको छ। घटना रहस्यमय ढंगले घटेको देखिएपछि अहिले प्रहरीले गहिरो अनुसन्धान सुरु गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गत जेठ ३० गते राति करिब ९:४० बजे बूढानीलकण्ठस्थित थ्रि–स्टार किड्स जोन स्कुलको कम्पाउण्डभित्र रहेको घरभित्र दुई जना मृत अवस्थामा फेला परेका हुन्। उक्त घर भारत पञ्जाब चण्डीगढका परम नारायण गिल (५४) ले भाडामा लिएका थिए।

सोही घरको पहिलो तलामा रहेको कोठाको सोफामा धादिङ गल्छी गाउँपालिका–६ की २८ वर्षीया अन्जना तामाङ मृत भेटिइन्। उनको टाउकोमा गहिरो चोट लागेको देखिएको प्रहरीले जनाएको छ। अन्जना त्यही घरमा काम गर्दै आएकी थिइन्।

उक्त कोठाको भुइँमा परम नारायण गिल पनि मृत अवस्थामा फेला परेका छन्। उनको शरीरमा भने कुनै बाह्य चोटपटक देखिएको छैन। घटनास्थलबाट फलामको ह्यामर र विषादीसमेत फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थल सिल गरी अनुसन्धानलाई तीव्र पारेको छ। तालुक अधिकृतसहितको प्रहरी टोली खटिसकेको छ भने शव परीक्षणका लागि पठाइएको छ। घटनाको प्रकृति र कारण खुल्न बाँकी रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...