News Portal

  • काठमाडौँको बूढानीलकण्ठमा दुई जना मृत फेला, घटनामा रहस्यमय पाटो — अनुसन्धानमा जुट्यो प्रहरी

    २६९ पटक

    काठमाडौँ, असार १ – राजधानीको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटस्थित एक घरभित्र दुई जनाको शव फेला परेपछि स्थानीय क्षेत्रमा सनसनी फैलिएको छ। घटना रहस्यमय ढंगले घटेको देखिएपछि अहिले प्रहरीले गहिरो अनुसन्धान सुरु गरेको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गत जेठ ३० गते राति करिब ९:४० बजे बूढानीलकण्ठस्थित थ्रि–स्टार किड्स जोन स्कुलको कम्पाउण्डभित्र रहेको घरभित्र दुई जना मृत अवस्थामा फेला परेका हुन्। उक्त घर भारत पञ्जाब चण्डीगढका परम नारायण गिल (५४) ले भाडामा लिएका थिए।

    सोही घरको पहिलो तलामा रहेको कोठाको सोफामा धादिङ गल्छी गाउँपालिका–६ की २८ वर्षीया अन्जना तामाङ मृत भेटिइन्। उनको टाउकोमा गहिरो चोट लागेको देखिएको प्रहरीले जनाएको छ। अन्जना त्यही घरमा काम गर्दै आएकी थिइन्।

    उक्त कोठाको भुइँमा परम नारायण गिल पनि मृत अवस्थामा फेला परेका छन्। उनको शरीरमा भने कुनै बाह्य चोटपटक देखिएको छैन। घटनास्थलबाट फलामको ह्यामर र विषादीसमेत फेला परेको प्रहरीले जनाएको छ।

    प्रहरीले घटनास्थल सिल गरी अनुसन्धानलाई तीव्र पारेको छ। तालुक अधिकृतसहितको प्रहरी टोली खटिसकेको छ भने शव परीक्षणका लागि पठाइएको छ। घटनाको प्रकृति र कारण खुल्न बाँकी रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड

    बंगलादेश, मंसिर १ – बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै...

    ललितपुरमा २१ लाख बराबरको चोरी, ३ मुख्य आरोपी पक्राउ

    ललितपुर, मंसिर १ – ललितपुरको इमाडोलमा २१ लाख ८३ हजार रुपैयाँ बराबरको चोरी भएको घटनामा प्रहरीले...

    प्रतिनिधिसभा पुनर्स्थापनापछि निष्पक्ष सरकारका लागि ओली प्रधानमन्त्री नबन्ने ग्यारेन्टी

    काठमाडौं, मंसिर १ – एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले वर्तमान सरकारले चुनाव गराउने क्षमता र...

    तोकिएको समयमा निर्वाचन गर्न दलहरूको साझा सहमति आवश्यक : प्रचण्ड

    काठमाडौं, मंसिर १ — आगामी निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न राजनीतिक दलहरूको एकमत आवश्यक रहेको...

    राष्ट्रिय परिचयपत्रमार्फत मतदाता दर्तामा बढ्दो रुचि, तीन लाखभन्दा धेरैले बायोमेट्रिक दर्ता

    काठमाडौं, मंसिर १ – राष्ट्रिय परिचयपत्र प्रयोग गरेर मतदाता नामावली दर्ता गर्ने संख्या तीव्र रूपमा...