News Portal

दरमखोला हाइड्रो इनर्जीको आईपीओ असार ९ गतेदेखि, वैदेशिक रोजगार र प्रभावित स्थानीयलाई प्राथमिकता

३८१ पटक

काठमाडौं, असार १ — बाग्लुङको गल्कोटमा जलविद्युत् आयोजना निर्माण गरिरहेको दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आगामी असार ९ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई प्राथमिकता दिनेछ।

दरमखोला हाइड्रोले कुल १ अर्ब ३ करोड ५ लाख रुपैयाँ बराबरको जारी पूँजीमध्ये ३८ दशमलव ३३ प्रतिशत सेयर सर्वसाधारणका लागि खुला गर्दैछ। यो अन्तर्गत ३९ लाख ५० हजार कित्ता सेयर निष्कासन गरिँदैछ।

त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ५८ हजार ३९० कित्ता र आयोजना प्रभावित स्थानीयका लागि १० लाख ३० हजार ५ सय कित्ता सेयर छुट्याइएको छ।

आयोजना प्रभावित स्थानीयमा गुल्मी जिल्लाको मुसिकोट नगरपालिका र बाग्लुङ जिल्लाका गल्कोट नगरपालिका तथा बडीगाड गाउँपालिका भित्र स्थायी बसोबास गर्ने नेपाली नागरिक पर्नेछन्।

स्थानीयका लागि आवेदन असार २३ गतेदेखि साउन ६ गतेसम्म खुला रहनेछ। आवेदनका लागि दरमखोला पावरहाउससहित ग्लोबल आइएमई बैंकको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गल्कोट शाखा र प्रभु बैंकको गल्कोट शाखालाई आवेदन केन्द्र तोकिएको छ।

वैदेशिक रोजगारमा रहेका नेपालीहरूले भने असार २३ गतेसम्म ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीले बाग्लुङको गल्कोट क्षेत्रमा निर्माण गरिरहेको ९.६ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको कुल लागत करिब २ अर्ब ३८ करोड रुपैयाँ अनुमान गरिएको छ। आयोजनाको प्रतिमेगावाट लागत करिब २५ करोड रुपैयाँ पर्नेछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...