News Portal

जाजरकोटमा मोटरसाइकल ठक्करबाट वृद्धको निधन

३९४ पटक

सुर्खेत, असार १ — जाजरकोटमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको ज्यान गएको छ। जाजरकोट नलगाड नगरपालिका–७ चामेखेतमा आज बिहान भएको दुर्घटनामा रुकुमपश्चिम आठबीसकोट नगरपालिका–११ गत्ता सैनाका ६५ वर्षीय कैलो विकको मृत्यु भएको हो।

कालीमाटीबाट आठबीसकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश नम्बर ०२००१प ६५५६ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो। मोटरसाइकल बारेकोट गाउँपालिका–८ का नारायण सिंहले चलाएका थिए।

गम्भीर घाइते भएका विकलाई उपचारका लागि चौरजहारीस्थित मिसन अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको ज्यान गएको इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी सहायक निरीक्षक यामराज रोकायाले जानकारी दिए।

दुर्घटनामा संलग्न मोटरसाइकल चालक सिंहलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...