News Portal

भिजिट भिसा प्रकरणमा रास्वपा अडानमै, सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष सहमत

४०८ पटक

काठमाडौं, जेठ ३० – भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अझै पनि आफ्नो अडानमा दृढ रहेको छ। प्रमुख प्रतिपक्ष दलहरू सत्तारुढ गठबन्धनसँग सहमत भएपछि रास्वपा अहिले एक्लिएर पनि उच्चस्तरीय छानबिन समिति गठनको मागमा अडिग देखिएको हो।

संसद् अवरोध गर्ने क्रममा रास्वपाले लगातार भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने आवाज उठाउँदै आएको छ। नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले सुरुमा रास्वपालाई समर्थन गरे पनि अन्ततः सत्ता गठबन्धनसँग सहमत भएपछि रास्वपा मात्रै उक्त माग लिएर अघि बढिरहेको छ।

पार्टी स्रोतका अनुसार केही समयभित्रै रास्वपाले औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ। “उच्चस्तरीय छानबिन समिति गठनबिना हामी अघि बढ्दैनौं,” रास्वपाका एक नेताले हिमाली सञ्चारसँग भने, “यो विषय सामान्य होइन, त्यसैले गम्भीर छानबिन आवश्यक छ।”

यसअघि माओवादी र समाजवादी दुवैले गृहमन्त्रीको राजीनामासहित छानबिनको माग गर्दै आएका थिए। तर पछिल्लो अवस्थामा एमाले, कांग्रेस र माओवादीले दुई बुँदे सहमति तयार गरेसँगै उनीहरू सत्ता पक्षसँग उभिएका छन्।

तर, रास्वपाले भने अहिले पनि आफ्नो अडान नछाड्ने स्पष्ट संकेत दिएको छ। संसद् अवरुद्ध भइरहँदा रास्वपाले संसद खुलाउन उच्चस्तरीय छानबिन समितिको माग पूरा गर्नुपर्ने अडान पुनः दोहोर्‍याएको छ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...