News Portal

रवीन्द्र मिश्र र धवलशमशेरलाई पुनः पक्राउ गर्न तयारी, आजै पक्राउ पुर्जी जारी हुने

३२३ पटक

काठमाडौं, जेठ ३० – तीनकुने घटनामा संलग्न भएको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणालाई पुनः पक्राउ गर्ने तयारी भएको छ। हाजिरी जमानीमा छुटेका उनीहरू बयानका लागि अदालतमा उपस्थित नभएपछि पुनः पक्राउ प्रक्रिया अघि बढाइएको हो।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार आजै उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी हुने तयारी गरिएको छ।

गत चैत १५ गते राजधानीको तीनकुनेमा आयोजित राजावादी आन्दोलन हिंसात्मक बनाएको आरोपमा मिश्र र राणालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। तर पछि उनीहरूलाई हाजिरी जमानीमा रिहा गरिएको थियो।

उक्त प्रकरणमा बिहीबार दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक आदेश भएपनि थुनछेक बहस हुन नसक्दा अझै कुनै अन्तिम आदेश आएको छैन। अनुसन्धान प्रक्रियाका लागि बयानमा उपस्थित नभएपछि उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार मिश्र र राणालाई प्रहरीले अदालतमा उपस्थित गराउने प्रक्रिया अघि बढाइसकेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...