News Portal

१८ असारदेखि हिमालय टेलिभिजनमा ‘शार्क ट्याङ्क नेपाल’ प्रसारण हुने

३९१ पटक

काठमाडौं, जेठ ३० – नेपाली उद्यमशीलता र नवप्रवर्तन प्रवर्द्धन गर्ने उद्देश्यसहित विश्व चर्चित रियालिटी शो ‘शार्क ट्याङ्क’को नेपाली संस्करण ‘शार्क ट्याङ्क नेपाल’ आउँदो १८ असारदेखि प्रसारणमा आउने भएको छ। हिमालय टेलिभिजनले बिहीबार सामाजिक सञ्जालमार्फत कार्यक्रमको प्रसारण मिति सार्वजनिक गरेको हो।

अबदेखि हरेक बुधबार र बिहीबार राति ९ बजे हिमालय टेलिभिजनमा यो कार्यक्रम प्रसारण हुनेछ। यस शोमा व्यवसायिक सपना साकार पार्न चाहने नेपाली उद्यमीहरू आफ्ना योजना लिएर ‘शार्क’ अर्थात् लगानीकर्ताहरूको सामु प्रस्तुत हुनेछन्।

कार्यक्रममा पाँचजना प्रतिष्ठित नेपाली उद्योगीहरू ‘शार्क’को रूपमा रहनेछन्। तीमध्ये आईएमई ग्रुपका सह-संस्थापक हेमराज ढकाल, निम्बस होल्डिङका निर्देशक आनन्द बगरिया, टोयोटा नेपालकी प्रबन्ध निर्देशक ऋतुसिंह वैद्य, पद्म ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति र अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ रहेका छन्।

सन् २०२२ मै घोषणा गरिए पनि कोभिड महामारी र अन्य कारणले यो शो स्थगित हुँदै आएको थियो। करिब तीन वर्षपछि अब औपचारिक रूपमा प्रसारण हुने तयारी पूरा भएको छ।

कार्यक्रमबाट देशभित्र उद्यमशीलता र नवप्रवर्तनको प्रवर्द्धन, रोजगारी सिर्जना र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। साथै, विश्वभरका ३०० भन्दा बढी ‘शार्क’हरूको नेटवर्कसँग जोडिएर नेपाली उद्यमीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने विश्वास आयोजक पक्षले लिएको छ।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...