News Portal

१८ असारदेखि हिमालय टेलिभिजनमा ‘शार्क ट्याङ्क नेपाल’ प्रसारण हुने

४५९ पटक

काठमाडौं, जेठ ३० – नेपाली उद्यमशीलता र नवप्रवर्तन प्रवर्द्धन गर्ने उद्देश्यसहित विश्व चर्चित रियालिटी शो ‘शार्क ट्याङ्क’को नेपाली संस्करण ‘शार्क ट्याङ्क नेपाल’ आउँदो १८ असारदेखि प्रसारणमा आउने भएको छ। हिमालय टेलिभिजनले बिहीबार सामाजिक सञ्जालमार्फत कार्यक्रमको प्रसारण मिति सार्वजनिक गरेको हो।

अबदेखि हरेक बुधबार र बिहीबार राति ९ बजे हिमालय टेलिभिजनमा यो कार्यक्रम प्रसारण हुनेछ। यस शोमा व्यवसायिक सपना साकार पार्न चाहने नेपाली उद्यमीहरू आफ्ना योजना लिएर ‘शार्क’ अर्थात् लगानीकर्ताहरूको सामु प्रस्तुत हुनेछन्।

कार्यक्रममा पाँचजना प्रतिष्ठित नेपाली उद्योगीहरू ‘शार्क’को रूपमा रहनेछन्। तीमध्ये आईएमई ग्रुपका सह-संस्थापक हेमराज ढकाल, निम्बस होल्डिङका निर्देशक आनन्द बगरिया, टोयोटा नेपालकी प्रबन्ध निर्देशक ऋतुसिंह वैद्य, पद्म ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति र अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ रहेका छन्।

सन् २०२२ मै घोषणा गरिए पनि कोभिड महामारी र अन्य कारणले यो शो स्थगित हुँदै आएको थियो। करिब तीन वर्षपछि अब औपचारिक रूपमा प्रसारण हुने तयारी पूरा भएको छ।

कार्यक्रमबाट देशभित्र उद्यमशीलता र नवप्रवर्तनको प्रवर्द्धन, रोजगारी सिर्जना र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। साथै, विश्वभरका ३०० भन्दा बढी ‘शार्क’हरूको नेटवर्कसँग जोडिएर नेपाली उद्यमीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने विश्वास आयोजक पक्षले लिएको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...