News Portal

रामेछापमा सालोको हत्या आरोपमा भिनाजु पक्राउ

२५१ पटक

रामेछाप, जेठ २९ – रामेछाप नगरपालिका–४, हिमगंगामा पारिवारिक विवादकै कारण सालोको ज्यान लिएको आरोपमा एक जना भिनाजु पक्राउ परेका छन्। पक्राउ पर्नेमा ५० वर्षीय विनोदकुमार यस्माली रहेका छन्।

प्रहरीका अनुसार जेठ २७ गते घरायसी विवाद चुलिँदै जाँदा विनोदकुमारले आफ्नै सालो २९ वर्षीय लवकुमार थापा मगरमाथि धारिलो हतियारले घाँटीमा आक्रमण गरेका थिए। घटनास्थलमै गम्भीर घाइते भएका लवकुमारको ज्यान गएको थियो।

घटनापछि आरोपीलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) भोलाकुमार भट्टले जानकारी दिनुभयो। प्रारम्भिक अनुसन्धान अनुसार विगतदेखि नै पारिवारिक मनमुटाव चल्दै आएको र त्यसैले गर्दा घटना भएको प्रहरीको भनाइ छ।

हत्या आरोपमा पक्राउ परेका विनोदकुमारमाथि थप अनुसन्धान भइरहेको छ। प्रहरीले रामेछाप जिल्ला अदालतबाट १० दिनको म्याद लिएर आवश्यक अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...