News Portal

१० हजार मेगावाट बिजुली भारतलाई बेच्न सके नेपालले हरेक वर्ष ६ खर्ब कमाउने : कुलमान घिसिङ

२६० पटक

सर्लाही, जेठ २९ – नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालले भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्न सके वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्न सक्ने दाबी गरेका छन्।

सर्लाहीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै घिसिङले विद्युत् निर्यातमार्फत नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे। ‘यदि भारतलाई १० हजार मेगावाट बिजुली बेच्न सक्यौं भने वार्षिक ६ देखि ७ खर्ब रुपैयाँ आम्दानी हुन्छ,’ घिसिङले भने, ‘यो भनेको नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को १५ देखि २० प्रतिशत बराबर हो।’

उनका अनुसार यो योजना तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूसमेत कार्यकारी निर्देशक रहेको बेला भारत भ्रमणका क्रममा दुई देशबीच औपचारिक सम्झौता भएको हो।

कार्यक्रममा बोल्दै घिसिङले नेपालमा जलविद्युत् उत्पादनसँगै यातायात क्षेत्रमा आएको परिवर्तनलाई विशेष रूपमा उल्लेख गरे। ‘लोडसेडिङ अन्त्य नभएको भए आज हामी सडकमा गुडिरहेका इलेक्ट्रिक गाडी देख्न सक्ने थियौं र?’ उनले प्रष्ट पारे, ‘आज नेपालमा चल्ने गाडीमध्ये करिब १० प्रतिशत अब इलेक्ट्रिक भइसकेका छन्।’

उनले अब खाना पकाउने ग्यास र इन्धनलाई समेत बिजुलीले प्रतिस्थापन गर्नुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार यस्ता उपाय अपनाउन सके देशको व्यापार घाटा उल्लेख्य रूपमा घट्नेछ।

‘अब हामीले विद्युत् उत्पादनमा मात्रै ध्यान दिनु हुँदैन, त्यसको उपयोग र निर्यातमा पनि आक्रामक योजना बनाउने बेला आएको छ,’ घिसिङको भनाइ थियो।

नेपालले जलविद्युत् उत्पादन र निर्यातलाई प्राथमिकतामा राख्न सके आर्थिक समृद्धिको ढोका खुल्ने उनको धारणा छ।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...