News Portal

१० हजार मेगावाट बिजुली भारतलाई बेच्न सके नेपालले हरेक वर्ष ६ खर्ब कमाउने : कुलमान घिसिङ

४३२ पटक

सर्लाही, जेठ २९ – नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालले भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्न सके वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्न सक्ने दाबी गरेका छन्।

सर्लाहीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै घिसिङले विद्युत् निर्यातमार्फत नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे। ‘यदि भारतलाई १० हजार मेगावाट बिजुली बेच्न सक्यौं भने वार्षिक ६ देखि ७ खर्ब रुपैयाँ आम्दानी हुन्छ,’ घिसिङले भने, ‘यो भनेको नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को १५ देखि २० प्रतिशत बराबर हो।’

उनका अनुसार यो योजना तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूसमेत कार्यकारी निर्देशक रहेको बेला भारत भ्रमणका क्रममा दुई देशबीच औपचारिक सम्झौता भएको हो।

कार्यक्रममा बोल्दै घिसिङले नेपालमा जलविद्युत् उत्पादनसँगै यातायात क्षेत्रमा आएको परिवर्तनलाई विशेष रूपमा उल्लेख गरे। ‘लोडसेडिङ अन्त्य नभएको भए आज हामी सडकमा गुडिरहेका इलेक्ट्रिक गाडी देख्न सक्ने थियौं र?’ उनले प्रष्ट पारे, ‘आज नेपालमा चल्ने गाडीमध्ये करिब १० प्रतिशत अब इलेक्ट्रिक भइसकेका छन्।’

उनले अब खाना पकाउने ग्यास र इन्धनलाई समेत बिजुलीले प्रतिस्थापन गर्नुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार यस्ता उपाय अपनाउन सके देशको व्यापार घाटा उल्लेख्य रूपमा घट्नेछ।

‘अब हामीले विद्युत् उत्पादनमा मात्रै ध्यान दिनु हुँदैन, त्यसको उपयोग र निर्यातमा पनि आक्रामक योजना बनाउने बेला आएको छ,’ घिसिङको भनाइ थियो।

नेपालले जलविद्युत् उत्पादन र निर्यातलाई प्राथमिकतामा राख्न सके आर्थिक समृद्धिको ढोका खुल्ने उनको धारणा छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...