News Portal

भिजिट भिसा प्रकरण : संसद गतिरोध अन्त्य गर्न रास्वपाको ५ बुँदे प्रस्ताव

हिमालीसंचार संवाददाता
२८७ पटक

काठमाडौं, जेठ २६ – भिजिट भिसा प्रकरणको विषयलाई लिएर केही समययता संसदमा देखिएको अवरोध हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाँच बुँदे प्रस्ताव अगाडि सारेको छ। संसदमा चलिरहेको गतिरोध अन्त्य गर्न र सहमतिका लागि रास्वपाले यस्तो प्रस्ताव अघि सारेको हो।

पछिल्लो केही सातायता संसद्‌मा भिजिट भिसासम्बन्धी मुद्दा निकै तातिएको छ। सरकारले भिजिट भिसाको नाममा व्यापक रूपमा अनियमितता भएको भन्दै छानबिनको माग गर्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित माओवादी केन्द्र, रास्वपा, राप्रपा र एकीकृत समाजवादीलगायत दलहरू लगातार संसद अवरुद्ध गरिरहेका छन्। उनीहरू गृहमन्त्री रमेश लेखकको राजीनामासमेत माग गर्दै सडकदेखि संसदसम्म आक्रोश पोखिरहेका छन्।

यता, सत्ता पक्ष भने गृहमन्त्रीको राजीनामाको माग अस्वीकार गर्दै समस्या समाधानका लागि संवादको बाटो रोज्नुपर्नेमा जोड दिँदै आएको छ। सभामुख देवराज घिमिरेको पहलमा सत्ता र विपक्षी दलहरूबीच पटक–पटक छलफल भए पनि सहमति जुट्न सकेको छैन।

सोमबार पनि प्रतिनिधिसभा बैठक सुरु हुन नपाउँदै प्रमुख विपक्षी दलहरूको अवरोध कायम रहँदा बैठकलाई आधा घण्टाका लागि स्थगित गरियो। राजनीतिक संवाद र सहमतिबिना संसद्‌को सञ्चालन सहज नहुने स्पष्ट भइसकेको छ।

अब रास्वपाले अघि सारेको पाँच बुँदे प्रस्तावलाई सत्ता पक्ष र अन्य विपक्षी दलहरूले कसरी लिन्छन् भन्नेमा राजनीतिक वृत्तको चासो बढिरहेको छ। छानबिन समिति गठनको माग सम्बोधन गरेर मात्र संसद् सञ्चालन गर्न सकिने विपक्षीहरूको अडान रहेको छ भने सत्ता पक्ष अझैपनि संवाद र सहमतिमार्फत अघि बढ्न चाहन्छ।

देशको राजनीतिमा फेरि एक पटक ‘भिजिट भिसा प्रकरण’ एउटा निर्णायक मोडमा आइपुगेको छ। समाधानका लागि सबै पक्ष गम्भीर बन्नुपर्ने आवश्यकता झन् चर्को हुँदै गएको छ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...