News Portal

आजदेखि संसद् सञ्चालन हुने, सभामुख घिमिरेको स्पष्टोक्ति

हिमालीसंचार संवाददाता
२२० पटक

काठमाडौं, जेठ २६ – केही दिनदेखि अवरुद्ध रहेको प्रतिनिधिसभाको बैठक आजदेखि पुनः सञ्चालनमा आउने भएको छ। सभामुख देवराज घिमिरेले आज दिउँसो २ बजेदेखि संसद् बैठक सञ्चालनमा आउने प्रष्ट पार्नुभएको छ।

गणतन्त्र दिवसका अवसरमा राससद्वारा आयोजित ‘पर्वतीय पर्यटन : हाम्रो सान, हाम्रो पहिचान’ शीर्षकको तस्बिर प्रदर्शनी अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभामुख घिमिरेले संसद् बैठक सञ्चालनबारे जानकारी दिनुभएको हो।

‘सदन अवरुद्ध हुनु पर्ने अवस्था थिएन, तर परिस्थितिले त्यसो गरायो’, सभामुख घिमिरेले भन्नुभयो, ‘अब संसद् बैठक २ बजेदेखि सुरु हुन्छ।’

सामान्यतः बिहान ११ बजे वा दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठक विशेष कारणबस आज २ बजेदेखि तय गरिएको उहाँको भनाइ छ। बैठक सञ्चालनमा अवरोध आउँदा बजेटमाथिको छलफल प्रभावित भएको भन्दै सभामुख घिमिरेले बाँकी कार्यसूचीलाई विधिअनुसार अघि बढाइने उल्लेख गर्नुभयो।

‘अब बजेट छलफललाई विधिपूर्वक अगाडि बढाएर निर्धारित समयभित्रै सक्नुपर्छ’, उहाँले स्पष्ट पार्नुभयो, ‘पहिले केही नोक्सानी भइसकेको छ, तर अब बाँकी प्रक्रिया मिलाएर अघि बढ्नेछौं।’

सभामुख घिमिरेले संसद्को कामकाजलाई प्रभावकारी बनाउन सांसदहरूको सक्रिय सहभागिता अनिवार्य रहेको उल्लेख गर्दै आगामी बैठकहरू विधिपूर्वक सञ्चालन हुने विश्वास व्यक्त गर्नुभएको छ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...