News Portal

आजदेखि संसद् सञ्चालन हुने, सभामुख घिमिरेको स्पष्टोक्ति

हिमालीसंचार संवाददाता
१७६ पटक

काठमाडौं, जेठ २६ – केही दिनदेखि अवरुद्ध रहेको प्रतिनिधिसभाको बैठक आजदेखि पुनः सञ्चालनमा आउने भएको छ। सभामुख देवराज घिमिरेले आज दिउँसो २ बजेदेखि संसद् बैठक सञ्चालनमा आउने प्रष्ट पार्नुभएको छ।

गणतन्त्र दिवसका अवसरमा राससद्वारा आयोजित ‘पर्वतीय पर्यटन : हाम्रो सान, हाम्रो पहिचान’ शीर्षकको तस्बिर प्रदर्शनी अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभामुख घिमिरेले संसद् बैठक सञ्चालनबारे जानकारी दिनुभएको हो।

‘सदन अवरुद्ध हुनु पर्ने अवस्था थिएन, तर परिस्थितिले त्यसो गरायो’, सभामुख घिमिरेले भन्नुभयो, ‘अब संसद् बैठक २ बजेदेखि सुरु हुन्छ।’

सामान्यतः बिहान ११ बजे वा दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठक विशेष कारणबस आज २ बजेदेखि तय गरिएको उहाँको भनाइ छ। बैठक सञ्चालनमा अवरोध आउँदा बजेटमाथिको छलफल प्रभावित भएको भन्दै सभामुख घिमिरेले बाँकी कार्यसूचीलाई विधिअनुसार अघि बढाइने उल्लेख गर्नुभयो।

‘अब बजेट छलफललाई विधिपूर्वक अगाडि बढाएर निर्धारित समयभित्रै सक्नुपर्छ’, उहाँले स्पष्ट पार्नुभयो, ‘पहिले केही नोक्सानी भइसकेको छ, तर अब बाँकी प्रक्रिया मिलाएर अघि बढ्नेछौं।’

सभामुख घिमिरेले संसद्को कामकाजलाई प्रभावकारी बनाउन सांसदहरूको सक्रिय सहभागिता अनिवार्य रहेको उल्लेख गर्दै आगामी बैठकहरू विधिपूर्वक सञ्चालन हुने विश्वास व्यक्त गर्नुभएको छ।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...