News Portal

कृष्टलका पोते तथा माला बनाउने तालिम सम्पन्न

रबिन्द्र बराल
१९५ पटक

मोरङ, जेठ २६ – रंगेली–६ स्थित पब्लिक उच्च माध्यमिक विद्यालयको पुरानो भवनमा आयोजित सात दिने “कृष्टलका पोते तथा माला सामग्री बनाउने” तालिम सम्पन्न भएको छ। तालिम जेठ १८ गते सुरु भई २५ गतेसम्म सञ्चालन गरिएको थियो।

रंगेली नगरपालिकाले नगर भित्रका महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले पछिल्ला वर्षहरूमा विभिन्न सीपमूलक तालिमहरू आयोजना गर्दै आएको छ। यही सिलसिलामा, आर्थिक रूपमा अति विपन्न वर्गका महिलाहरूलाई गाउँमै सबल र सफल उद्यमी बनाउने हेतुले यो तालिम सञ्चालन गरिएको हो। तालिममा कुल २८ जना महिलाहरू सहभागी थिए।

समापन कार्यक्रममा प्रमुख अतिथि नगरपालिकाका प्रशासनिक अधिकृत प्रदीप साह, विशिष्ट अतिथि उप–मेयर भुमा पराजुली, वडा अध्यक्ष सुजित मण्डल, संस्था अध्यक्ष शान्ता श्रेष्ठ, कमला न्यौपाने, कविता नेपाल लगायतको उपस्थिति रहेको थियो।

सहभागीहरूले तालिमबाट आफूहरूले घरको काम सकेपछि पनि घरमै बसेर आय–आर्जन गर्न सकिने सीप सिकेको भन्दै खुशी व्यक्त गरे। उनीहरूका अनुसार यस्तो तालिमले महिलाहरूलाई आत्मनिर्भर र सशक्त बन्न प्रेरणा दिएको छ।

तालिममा प्रशिक्षिका मुना खड्काले सहभागीहरूलाई प्रशिक्षण दिएकी थिइन्। उनले धरानबाट आएर तालिम दिएकी हुन्। तालिमको अन्त्यमा सहभागीहरूलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो।

उक्त तालिम रंगेली नगरपालिकाको सहयोगमा तथा गृह श्रमिक सुसंवेदनशील महिला समाज नेपालको आयोजनामा सम्पन्न गरिएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...